SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/३ गते
    ११११ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु, । भारतको गोरखपुरमा दुई वर्ष देखि अलपत्र रहेको तीन नेपाली बालकहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतीय दुतावास र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । दाङ्गको घोराहि उप–महानगरपालिकाका १० वर्षिय रामु पुन, प्यूठान ऐरावति गाउँपालिकाका १२ वर्षका दिलिप जिसि र १४ वर्षका केशव जिसि लाई भारतबाट उद्धार गरिएको हो । दुई वर्ष अघि वेपत्ता भएका बालकहरु कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सुचनाको आधारमा गोरखपुरमा फेला परिएको थियो । दिलिप र

    केशव साथिहरुको लाहलैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको केन्द्रका क्षेत्रीय संयोजक भूमीराज भट्टराईले बताउनुभयो । तिनै जनालाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले परिवारको जिम्मा लगाउनुभएको छ । पछिल्लो समयमा साथिहरुको लहलहै, तीव्र महत्वकाक्षा, र प्रलोभनमा परि बालबालिकाहरु भारत जानेको सख्या बढेकोले बालबालिकालाई विशेष ध्यान दिन प्रजिअ पौडेलले आग्रह गर्नुभयो ।

    बालबालिकाहरु हराउने क्रम बढ्दो रहेकोले विदेशमा भएका बालबालिकाहरु नेपाल ल्याउने प्रक्रिया झन्ंझटिलो भएको हुँदा पनि बालबालिकको उद्धारमा समस्या रहेको केन्द्रका क्षेत्रीय संयोजक भट्टराइले बताउनुभयो । उहाँले बाल संरक्षण सम्वन्धी कानुनी र नीतिगत व्यावस्था भएपनि नेपालमा अझै बाल संरक्षणको समस्या रहेको जनाउनुभयो । संस्थाले एक वर्षको अवधिमा १३ जना बालबालिकाहरुलाई भारथवाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थिले बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं