
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत, ।
भड्खोरे सामुदायिक वन उपभोक्ता समिती कुस्मा नगरपालिका ७ खरेहा पर्वतको ५१ औँ आम भेला विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ । शनिवार खरेहा प्राविको प्राङ्गणमा उपभोक्ता समितीका सदस्यहरु भेला भई वन संग सम्वन्धित विविध विषयमा छलफल गरी सम्पन्न भएको हो । भेलामा वनको संरक्षण प्रवद्र्धन तथा काँटछाँटको विषयमा छलफल ओम पार्कको वजेट सार्वजानिक,वनको भवन निर्माण गर्ने,भुकम्प पीडित हरुलाई काठ उपलव्ध लगायतका विषयमा छलफल भएको हो ।
भेलालाई सम्वोधन गर्दै कु.न.पा. ७ का वार्ड अध्यक्ष सुवासचन्द्र पौडेलले सामुदायिक वनको संरक्षण प्रर्वद्धनमा स्थानिय एकजुट भएर लाग्नुपर्ने वताए । वन लाई केवल घाँसदाउराको उपयोग गर्ने माध्ययमको रुपमा मात्र नहेरी विभिन्न विकल्पहरुको खोजी गर्दै मनग्य आम्दानी गर्न सकिनेमा जोड दिए । वन वाट नै समृद्धिका आधारहरु खडा गर्न सकिने भन्दै पौडेलले भने हामीले वनमा टिमुर खेती गर्न सकिन्छ,यस्तै अलैँची, अदुवा,अम्रिसो जस्ता वालीहरु पनी समुहमा मिलेर गर्न सकिन्छ, जे काम गर्दा पनि सामुहिक रुपमा एकआपसमा मिलेर गर्दा सजिलो हुने भन्दै यसरी उत्पादित वस्तुको वजारको जिम्मा आँफूले लिने समेत प्रतिवद्धता जनाए ।
पहिले कुशैकुस हुने भएर कुशुमपुर भनिएको र पछाडी कुस्मा नामकरण भएको भन्दै वनमा कुश लाई व्यवसायिक खेतीको रुपमा विकास गर्न सकिने वताए । वन समुहवाट फर्निचरको स्थापना गरी विभिन्न सामान हरुको उत्पादन गरेर विक्रि वितरण गर्न सकिने र समुहमा आवद्ध उपभोक्ता लाई आवश्यक सामान उपलव्ध गराउन सकिने वताए । खरेहा पर्यटनमा पछाडी परेको भन्दै निर्माण गरिएको ऊँ पार्कको प्रचारप्रसार गर्नुपर्ने वडामा होमस्टे सञ्चालनमा ल्याउन स्थानिय अग्रसर हुनुपर्ने वताए । आफ्नो वार्डको विकासका लागि निरन्तर अहोरात्र खटिरहने भन्दै पौडेलले खरेहा गेट वाट यता कुस्मा वजारनै भएको र खरेहामा भित्री वजारको जस्तो विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथी इलाका वन कार्यलयका रेञ्जर इश्वर पुरीले यस वनले जिल्ला तथा प्रदेश स्तरवाट पटक पटक नमुना वनको रुपमा पुरस्कार प्राप्त गरेको भन्दै अझै सकृयता पुर्वक वनको संरक्षण प्रर्वद्धनमा अग्रसर हुन उपभोक्ता हरुलाई आग्रह गरे । भेलाको समापन कार्यक्रममा वोल्दै कार्यक्रममा अध्यक्ष तथा वनका अध्यक्ष तेज गिरी कान्छाले यस वन तथा वनमा रहेका कालिज, हरिण, मृग, मुनाल, लुईँचे जस्ता लोपउन्मुख वन्यजन्तुहरुको संरक्षण संगै विभिन्न जडिवुटीहरुको संरक्षणमा सवै उपभोक्ताहरु लागिपर्नुपर्नेमा जोड दिए ।
आफ्नो कार्यकालमा वनको संरक्षणमा रातदिन नभनी हेरालो जस्तो भएर काम गरेको भन्दै गिरीले वनको माध्ययम वाट खरेहाको मुहार फेर्न सकिने वताए । वनमा रहेको गुफाको अध्ययन अनुसन्धान गरी पर्यटक समेत ल्याउने सकिनेमा वार्ड अध्यक्षको ध्यानाकर्षण गिरीले गराएका थिए । वन संगै खरेहामा रहेको एकमात्र पानिको धारा सुक्दै गएकोमा वन समुहले नै संरक्षणमा चासो देखाएको गिरीको भनाई थियो । वडामा भएका समग्र विकासमा भड्खोरे सामुदायिक वन समुहको निकै महत्वपुर्ण योगदान रहेको गिरीको भनाई थियो ।
कार्यक्रममा फेकोफोनका पुर्व अध्यक्ष तथा वन समितीका पुर्व अध्यक्ष खेमनाथ शर्मा, रमाकान्त सुवेदी,सल्लाहकार रुद्र प्रसाद शर्मा,वुद्धि वहादुर श्रेष्ठ, कृष्ण प्रसाद शर्मा, गणेश गिरी ,लाल प्रसाद सुवेदी, रेडक्रस खरेहा उपशाखाका सभापति भरत कुमार श्रेष्ठ,ऊँ पार्क संयोजक सागर गिरी, सिग्रेट नेपाल पर्वतका अध्यक्ष टिकाराम भुसाल,दिपसागर पौडेल लगायतले वोलेका थिए । कार्यक्रममा वन उपभोक्ता समितीका पदाधिकारीहरु उपभोक्ताहरु,सरोकारवाल व्याक्तिहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो । सोही भेलामा वनको व्यवस्थापनमा उत्कृष्ट कार्य गरेवापत गोविन्द पौडेल, अग्नीरेखा सरसफाईमा तुलसी शर्मा, वनको संरक्षणमा योगदान गरेवापत शोभाकान्त शर्मा लाई रु २ हजारले सम्मान गरिएको थियो ।
खरेहाका सरकारी तथा निजी विधालयमा उत्कष्ट हुने वालवालिकालाई रु ५ सयका दरले सम्मान गरिएको थियो । भड्खोरे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष तेज गिरी कान्छाको अध्यक्षता,वार्ड अध्यक्ष सुबासचन्द्र पौडेलको प्रमुख आतिथ्यता, संस्थाका सहसचिव ज्ञानु कुमारी शर्माको शुभकामना मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन समितीकी सचिव मिठु शर्माले गरेकी थिईन । सोही कार्यक्रममा फोहोर वाट मोहोर कसरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया