SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२ गते
    ९५० &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल एन.पि.घायल पर्वत ।
    यहाँको एउटा माध्यमिक विधालय व्यवस्थापन समितीका अध्यक्षले आफ्नो जन्मदिनमा विधालयका गरिव दलित तथा जेहन्दार विधार्थी हरुलाई स्कुल पोशाक वितरण गरेका छन् । कुस्मा नगरपालिका वार्ड नम्वर ९ कटुवाचौपारी स्थित सार्वजानिक माविका अध्यक्ष सरोज शर्मा वैरागीले आफ्नो ३५ औँ शुभ जन्मोत्सवको अवसरमा विधालयमा अध्ययनरत ५ जना विधार्थीहरु लाई स्कुल पोशाक प्रदान गरेका हुन् । विध्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अध्ययनरत अन्जन श्रेष्ठ,अन्जना श्रेष्ठ, हृदम परियार, सुविना परियार र अनुरी वेगम लाई उक्त पोशाक वितरण गरिएको हो ।

    पोशक वितरण गर्दै शिक्षा प्रेमी नेपाल कम्युनिष्ट पार्टी नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले राज्यले शिक्षा नीतिमा सुधार ल्याउनुपर्ने भन्दै हुँदा खाने र हुनेखाने विचका वालवालिकाहरुले पाउने शिक्षामा एकरुपता नहुँदा सम्म शैक्षिक जगतमा दीर्घकालिन प्रभाव परिरहने वताए । वर्तमान समयमा विद्दमान सामुदायिक विधालय र निजी विधालय विचको खाडल लाई अन्त्य गर्नुपर्नेमा सरोकारवाला निकाय एकजुट हुनुपर्ने भन्दै सचेत र राज्यप्रति जिम्वेवार नागरिकले सामुदायिक विधालयमा नै आफ्ना वालवालिकाहरु लाई अध्ययन गराउन अनुरोध गरे ।

    यस्तै आफ्नो जन्मोत्सवमा गर्ने फजुल खर्र्च कटाएर विधालयका गरिव तथा विपन्न परिवारका वालवालिकाको पठनपाठनमा थोरै भएपनि सहज होला भन्ने हेतुले आँफुले पोशक वितरण गरेको वि.व्य.स अध्यक्ष वैरागीले वताए । सोही कार्यक्रममा विधालयका प्रध्यानध्यापक चन्द्रशेखर उपाध्यायले वैरागी लाई शुभ जन्मोत्सवको अवसरमा सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतीको शुभकामना दिँदै उनले गरेको सहयोग निकै सह्रानिय रहेको वताए ।

    उपाध्यायले २ कार्यकाल विधालयको व्यवस्थापन समितीको अध्यक्ष जस्तो पदमा रहेर निरन्तर शैक्षिक तथा भौतिक गतिविधीमा अग्रसर वैरागी लाई सामाजिक कार्यमा सफलताको कामना समेत व्यक्त गरे । कार्यक्रममा कु.न.पा. वार्ड नम्वर ९ कटुवाचौपारीका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, विधालय व्यवस्थापन समितीका पदाधिकारी, विधालयका असल शिक्षक नरनाथ सापकोटा लगागत अन्य शिक्षक शिक्षिका, विधार्थीहरु , प्रेस संगठन नेपाल पर्वत शाखाका उप संयोजक राजवावु पिसी लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रमको सञ्चालन शिक्षक केशव प्रसाद पंगालीले गरेका थिए । सामुदायिक जिल्लामा रहेका सामुदायिक विधालयहरुमा उच्च हैसियत वनाउन सफल यस विधालयमा हाल २ सय ५ जना विधार्थीहरुले अध्ययन गरिरहेका छन् । सदरमुकामका वोर्डिङ स्कुलहरुमा अध्ययन गरिरहेका विधार्थीहरु पनि विधालयको गुणस्तरियता देखेर १ दर्जन भन्दा वढी विधार्थीहरु सोही माविमा गएको विधालय स्रोतले वताएको छ ।

    https://www.youtube.com/watch?v=lswy2tQKvvU&t=4s

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं