SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२ गते
    ३४६४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राज जिसी, रुपन्देही ।  पार्टी नियम र बिधान विपरीत अभिव्यक्ति दिएर आलोचनामा आइ राख्ने नेकपा केन्द्रिय सदस्य सुर्य थापा फेरि जनयुद्ध विषयमा बोलेर चर्चामा आएका छन । नेकपा केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व जनयुद्व नभएको र त्यो आफैं विसर्जन भएको बताएपछि आलोचनामा आएका छन । यस अभिव्यक्तिमा राष्ट्रिय युवा संघ नेपालका प्रभावशाली केन्द्रिय सदस्य सुबोध शेर्पालीले सुर्य थापालाई हेक्का र मर्यादामा राहेर बाेल्न चेतावनी दिएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेकपाका प्रदेश सभा नेता समेत रहेका सुबोध शेर्पालीले सामाजिक सञ्जालमार्फत थापालाई मर्यादामा रहेर बोल्न चेतावनी दिएका हुन् । सुबोध सेर्पालीले आफ्नो फेस्बुक संजाल मर्फत ‘नैतिकता छ भने बसौं विधि बिधानमा नै रहेर बहस गरौं । नत्र थुतुनो सम्हाल बढी सोचेर बेहोस हौला ? समय सधैं तिम्रो वरिपरि होला भन्ने भ्रम नपार किनकि तिमी आफै केही नि हैनौ ।’ शेर्पालीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘जसको आडमा तिमी बोलिरहेका छौ त्यो कति दिनलाई हो हेक्का राख ? आगे तिम्रो मर्जी…?’

    सुबोध शेर्पालीले सित्तैमा पाएको पदमा बसेर अरुको बलिदानलाई अबमुल्यन नगर्न पनि चेतावनी दिएका छन् । ‘जनयुद्ध ठिक थियो त्यसका रणनीतिक र कार्यनीतिक योजना लक्ष्य सहि थिए र त आज तिमी आफुले अलिकति पसिनासमेत नबगाएको लगानी नगरेको गणतन्त्रको सल्लाहकार पद प्राप्त गरेका छौ ।’ शेर्पालीले अगाडि भनेका छन्, ‘यस्तो बोल्न तिमीलाई लाज लाग्दैन ? हामी रगत र पसिना दुबै बगायौ र यो ब्यबस्था निर्माण गर्याैं ।’ शेर्पालीले पार्टी एकताको भाव र मर्म स्वीकार गर्न नसके पार्टीबाट राजीनामा दिन पनि सुर्यलाई सुझाव दिएका छन् । यस्तो छ सुबोध सेर्पालीले सामाजिक सञ्जाल मार्फत राखेको विचार :

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं