
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल एन.पि.घायल पर्वत ।
साहित्यको सवैभन्दा छोटो विधा हाइकु र देशविदेशमा छरिएर रहेका साहित्यकार हरुले सिर्जना गरेका हाईकुहरुको संग्रह ‘‘सौगात’’ को विहिवार कुस्मामा विमोचन गरिएको छ । नेपाल हाइकु केन्द्र जिल्ला शाखा पर्वतले एक कार्यक्रमको आयोजना तथा कुस्मा नगरपालिकाको सहयोगमा संग्रह ‘‘सौगात’’ को विमोचन गरिएको हो ।
जेशिस पर्वतको सभाहलमा गरिएको विमोचन कार्यक्रममा पुस्तकको विमोचन गर्दै कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आँफु साहित्यकार नभए पनि साहित्य र सिर्जना लाई निकै माया गर्ने भन्दै साहित्यिक संस्थाहरु लाई आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने वताए । जोशीले अगाडि भने ‘‘साहित्य त त्यती वुझ्दिन तर साहित्य र साहित्यकारहरुको निकै माया गर्छु, साहित्यमा लागेर परिवर्तनशिल सिर्जना गर्नुहोस सहयोग गर्न तयार छु । ’’ कुस्मा नगरभित्र साहित्यिक कार्यक्रमहरु सञ्चालनमा वृद्धि हुँदै गएकोमा खुशी व्यक्त गर्दै जोशीले साहित्य मार्फत पनि सरकारले मनाईरहेको भ्रमण वर्षलाई सफल वनाउन टेवा पु¥याउनुका साथै जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने खालका परिवर्तनशील साहित्य सिर्जना गर्न आग्रह गरे ।
जोशीले कुस्मा नगरपालिका संगै समग्र जिल्लाका पर्यटकिय स्थलहरुको व्यानरमा प्रकाशनमा आउने कृतिहरु लाई आँफुले ५० प्रतिशत सहयोग गर्ने प्रतिवद्धता समेत जाएर गरे । कार्यक्रममा वोल्दै हाइकु संग्रहका समिक्षक साहित्यकार तथा सह प्रध्यापक लक्ष्मी प्रसाद शर्मा पौडेलले हाईकु संग्रह ‘‘सौगात’’ ले नेपाली साहित्य जगतमा एउटा इट्टा थपेको वताए । पौडेलले सौगातको संक्षिप्त रुपमा दृष्टान्त सुनाउँदै ‘‘सौगात’’ मा सर्जकहरुको तत्कालिन मनोभाव,दृष्टिकोण,चिन्तन र व्याक्तिसुलभ भावना लाई प्रतिनिधित्व गर्ने हाईकुहरु समावेश भएको स्पष्ट पारे ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार विकल्पले साहित्यमा हाइकु निकै चोटिलो विधा भएको भन्दै हाइकुको विकास र विस्तारमा साहित्यकार हरु उर्जाशिल भएर लाग्नुपर्ने वताए । यसैगरी सामाजिक व्याक्तित्व पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले जापान वाट शुरुवात भएको छोटो कविता हाईकु लाई पर्वत जिल्लामा विस्तारित गर्न तथा हाइकु लेखन अगाडी वढाउनका लागि नेपाल हाईकु केन्द्र जिल्ला शाखा पर्वतले हाईकु संग्रह प्रकाशनमा ल्याएको वताए ।
पहाडीले साहित्यकारहरुले हाइकुको १७ अक्षरमा विश्व अटाउन सक्नेमा जोड दिएका थिए। समापन कार्यक्रममा वोल्दै नेपाल हाईकु केन्द्र जिल्ला शाखा पर्वतका अध्यक्ष तथा राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठले जापानी लघु साहित्य भनेर विश्वभर प्रचारप्रसार गरे पनि हाइकुको संगम स्थल ल्हासा र हाइकुको मौलिक लय नेपाली रहेको वताए । श्रेष्ठले भने नेपालीहरु धन लिन ल्हासा जाँदा नेपालीहरुले चिनिया र जापानी हरुलाई भजन मार्फत सुनाएको मौलिक लय लाई जापानी साहित्यकार हरुले जापानी भनेर प्रचारप्रसार गरेको दावी गरे । तिन पंङ्तिमा लेखिने हाइकु को संरचना पहिलो पङ्ती उठान, दोस्रो प्रस्तुती र तेस्रो विश्राम हुने र ५ अक्षर ७ अक्षर र ५ अक्षरमा लेखिने वताए । श्रेष्ठले हाईकुको विकास गर्नकै लागि नेपाल हाइकु केन्द्र नेहा विक्रम संवत २०७० साल साउन १९ मा स्थापना भएको र देशभर शाखा विस्तारको क्रममा पर्वतमा गत २०७५ साल वैशाख १ गते स्थापना भएर पहिलो पटक सौगातको विमोचन गरिएको समेत श्रेष्ठले वताए ।
कार्यक्रममा विशिष्ठ अथिती तथा हाइकु केन्द्र म्याग्दीका अध्यक्ष भक्त कार्की, कुस्मा नगरपालिका वार्ड नम्वर ५ का अध्यक्ष चित्रकला भारती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै अन्य वोल्ने वक्ताहरुले विधालयमा हाईकुको शिक्षा प्रदान गर्न सकेमा विधार्थीहरुको सिर्जनशिलतामा वृद्धि हुनुका साथै भविष्यमा विधार्थीहरु साहित्य र यसै अन्र्तगतको विधा हाइकुमा अव्वल हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्यकार पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्री, उपाध्यक्ष डि.आर.शर्मा, पर्वत साहित्य संगमका सचिव खेमराज शर्मा, साहित्यकार सुन्दरप्रसाद जोशी, पृथ्वीनारायण शर्मा,याम ढुङ्गाना केसी, माधुरी साहित्य प्रतिष्ठानकी अध्यक्ष सरस्वती शर्मा जिज्ञाशु, चन्द्र वहादुर लामिछाने, निर्मल पौडेल एन.पि. घायल, दिपसागर पौडेल लगायत कु.न.पा.४ का वार्ड अध्यक्ष मिना कर्माचार्य लगायत अन्य साहित्यकार तथा साहित्य प्रेमी शिक्षाप्रेमीहरुको उपस्थिती रहेको थियो । यसैगरी कार्यक्रममा कुस्मा स्थित विभिन्न निजी तथा सामुदायिक विधालयका शिक्षक तथा विधार्थी भाईवैनीहरुको सहभागिता रहेको थियो ।
नेपाल हाइकु केन्द्र जिल्ला शाखा पर्वतका अध्यक्ष शान्तिनारायण श्रेष्ठको अध्यक्षता,कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको प्रमुख आथित्यता,पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पको शुभकामना मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले गरेका थिए । हाईकु संग्रह ‘‘सौगात’’ मा देश तथा विदेशमा छरिएर रहेका सिद्धहस्त हाइकुकार हरुका परिष्कृत तथा नव विभिन्न हाइकुकार हरुका हाइकुहरु समावेश गरिएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया