SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१ गते
    ८६० &#२३४६;&#२३३५;&#२३२५;

    रबिन्द्र यादव / नवलपरासी पुर्व । हिन्दु र मुसलमान समुदायको संयुक्त धार्मिक अास्थाको केन्द्र मदारबाबा मेला शुरु भएको छ ।मजारको मुख्य समाधिस्थल पूजास्थलमा मुख्य पीठाधीश हनिफ मिया बिहिवार नै पुगेपछि मेला शुरु भएको हो । मदारबाबाको मेला लाग्ने स्थल नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनयी त्रिवेणी गाउँपालिका ६ प्रसैया बाट साढे ९ किमी पहाडी क्षेत्रमा पर्छ ।

    मदारबाबाको मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । महलबारी र प्रसैया गाउँबाट निकै कठिनाइपूर्वक साढे ९ किमी पहाडीयात्रा गरेर बाबाको समाधिस्थल जानुपर्छ । मेलामा नेपालका साथै भारतका विहार, उत्तरप्रदेश , दिल्ली, मुम्बई, बिहार, बंगाल र बंगलादेश लगायत विभिन्न स्थानबाट १० लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।

    मेला करिब ४० वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मेला फागुन १ गते देखि ९ गतेसम्म चल्ने छ । मेलामा आउने भक्तजनको सुविधा र व्यवस्थापनका लागि स्थानीय मदार बाबा मजार संरक्षण संस्थाले काम गरेको समितिका वरिष्ठ उपाध्यक्ष मो. रफी चुडिहारले बताए ।

    मेला मुस्लिम धर्मावलम्बी मान्यतानुसार महान्ऋषि बदिउद्दिन शाहको ६०३औं वार्षिकीका रूपमा मनाइँदै छ । विकट र दुर्गम पहाडमा पूजापाठ गर्न आउने भक्तजनले भाकल गरेको पुग्ने विश्वास छ । सन्तान नहुने दम्पतीले सन्तान पाउने, दीर्घरोगी निको हुने र भुतप्रेतको नष्ट हुने लगायत मान्यता र विश्वास भएकै कारण मेलामा आउने भक्तजनको संख्या दिनानुदिन बढ्दै गएको पीठाधीश बाबा हनिफ मियाले बताए ।

    श्रद्धाको यस केन्द्रमा चार महत्वपूर्णस्थान छन् । महलबारीमा मस्जिद तथा गुद्दरबाबा, चावलधोइ र उच्च पहाडमा मदारबाबास्थान छन् ।। यसै स्थानमा पुग्न सक्नुलाई सुखको मुहान खुल्नुसरह मानिन्छ । मुख्य केन्द्रका रूपमा रहेको यस स्थानमा बाबा आसीन हुने र त्यहाँ पुग्ने भक्तजन बाबाको आशिष लिई फर्कने गर्दछन । ऐतिहासिक मेलामा हिन्दू र मुसलमान दुवै धर्मका व्यक्ति श्रद्धाका साथ जाने गर्छन् । हिन्दू मुसलमान दुवै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ आउने संस्थाका चुडिहारले बताए ।

    मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, सडक मर्मत, खानेपानी,स्वास्थ्य, व्यवस्थापनलगायत आवश्यक सबै तयारी मिलाइएको संस्थाका अध्यक्ष निजामुद्दिन मियाँले बताउनु भयो । आजभन्दा ६०३ वर्ष पहिले यहाँ मुसलमान समुदायका धर्मगुरुले यस क्षेत्रमा समाधिस्थल बनाई पूजाआजा गरेकामा बाबा मरेपछि पछिल्लो ४० वर्ष अघिदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लागेको मेलाका वर्तमान पीठाधीश मियाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं