
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रबिन्द्र यादव / नवलपरासी पुर्व । हिन्दु र मुसलमान समुदायको संयुक्त धार्मिक अास्थाको केन्द्र मदारबाबा मेला शुरु भएको छ ।मजारको मुख्य समाधिस्थल पूजास्थलमा मुख्य पीठाधीश हनिफ मिया बिहिवार नै पुगेपछि मेला शुरु भएको हो । मदारबाबाको मेला लाग्ने स्थल नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनयी त्रिवेणी गाउँपालिका ६ प्रसैया बाट साढे ९ किमी पहाडी क्षेत्रमा पर्छ ।
मदारबाबाको मजारमा पुग्नका लागि लामो समय र अप्ठ्यारो बाटो तय गर्नुपर्ने हुन्छ । महलबारी र प्रसैया गाउँबाट निकै कठिनाइपूर्वक साढे ९ किमी पहाडीयात्रा गरेर बाबाको समाधिस्थल जानुपर्छ । मेलामा नेपालका साथै भारतका विहार, उत्तरप्रदेश , दिल्ली, मुम्बई, बिहार, बंगाल र बंगलादेश लगायत विभिन्न स्थानबाट १० लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।
मेला करिब ४० वर्षयता निरन्तर लाग्दै आएको छ । यस वर्षको मेला फागुन १ गते देखि ९ गतेसम्म चल्ने छ । मेलामा आउने भक्तजनको सुविधा र व्यवस्थापनका लागि स्थानीय मदार बाबा मजार संरक्षण संस्थाले काम गरेको समितिका वरिष्ठ उपाध्यक्ष मो. रफी चुडिहारले बताए ।
मेला मुस्लिम धर्मावलम्बी मान्यतानुसार महान्ऋषि बदिउद्दिन शाहको ६०३औं वार्षिकीका रूपमा मनाइँदै छ । विकट र दुर्गम पहाडमा पूजापाठ गर्न आउने भक्तजनले भाकल गरेको पुग्ने विश्वास छ । सन्तान नहुने दम्पतीले सन्तान पाउने, दीर्घरोगी निको हुने र भुतप्रेतको नष्ट हुने लगायत मान्यता र विश्वास भएकै कारण मेलामा आउने भक्तजनको संख्या दिनानुदिन बढ्दै गएको पीठाधीश बाबा हनिफ मियाले बताए ।
श्रद्धाको यस केन्द्रमा चार महत्वपूर्णस्थान छन् । महलबारीमा मस्जिद तथा गुद्दरबाबा, चावलधोइ र उच्च पहाडमा मदारबाबास्थान छन् ।। यसै स्थानमा पुग्न सक्नुलाई सुखको मुहान खुल्नुसरह मानिन्छ । मुख्य केन्द्रका रूपमा रहेको यस स्थानमा बाबा आसीन हुने र त्यहाँ पुग्ने भक्तजन बाबाको आशिष लिई फर्कने गर्दछन । ऐतिहासिक मेलामा हिन्दू र मुसलमान दुवै धर्मका व्यक्ति श्रद्धाका साथ जाने गर्छन् । हिन्दू मुसलमान दुवै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ आउने संस्थाका चुडिहारले बताए ।
मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, सडक मर्मत, खानेपानी,स्वास्थ्य, व्यवस्थापनलगायत आवश्यक सबै तयारी मिलाइएको संस्थाका अध्यक्ष निजामुद्दिन मियाँले बताउनु भयो । आजभन्दा ६०३ वर्ष पहिले यहाँ मुसलमान समुदायका धर्मगुरुले यस क्षेत्रमा समाधिस्थल बनाई पूजाआजा गरेकामा बाबा मरेपछि पछिल्लो ४० वर्ष अघिदेखि प्रत्येक वर्ष बाबाको सम्झनामा मेला लागेको मेलाका वर्तमान पीठाधीश मियाले बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया