SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
    १४४९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतमा सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल पर्वत जिल्ला समिति गठन भएको छ । समितिको गठन भएसँगै त्यसको संयोजकमा सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरी चयन हुनुभएको छ । कुस्मा बजारमा आज सम्पन्न भएको भेलाले सह–सयोजकमा पत्रकार साजन परियार र सचिवमा पत्रकार रामकृष्ण लामिछानेलाई चयन गरेको छ । र्बसहमत रुपमा चयन गरेको हो । यस्तै सदस्यहरुमा पत्रकार अगन्धर तिवारी, महेन्द्र के.सी, निर्भिक नारायण भूर्तेल, बिष्णु गौतम, ठाकुर रसाईली, ज्ञानप्रसाद भूषाल र कमला लामिछानेलाई चयन गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समितिमा थप गर्नुपर्ने अन्य सदस्यहरुलाई कार्य समितिको बैठकले मनोनित गर्ने छ । सरकारी कार्यालय सहित स्थानीय तहहरुका सवैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्छ । यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सुचना मात्र नभई व्यथितिलाई रोक्ने मुख्य कर्म राखेको छ ।

    भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि.पौडेलले पत्रकारले कुनै पनि सर्तमा सहज रुपमा सुचना पाउने अधिकार यो संजालले पुरा गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । उहाँले जब पत्रकारले सुचना पाउन तब मात्रै आम नागरिक सुसुचित हुन्छन् भन्ने कुरामा जोडदिदैं कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

    यस्तै सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सरकारी कार्यालयहरुले सुचना दिने कुरामा आलटाल गर्ने भएको कारण यो संस्था आबश्यक परेको बताउनु भएको थियो । आचार्यले भन्नुभयो हामीले आम नागरीकले पाउने सुचना सहज रुपमा पाउने बातावरणको लागि अभियान चलाउनु परेको बताउनु भयो ।

    सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल पर्वतको भेला आयोजक समितिका संयोजक शुसिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल कास्कीका सदस्य सविता शर्माले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं