
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा माघ २६ गते आइतबारदेखि नियमित मञ्चन सुरु भएको हो ।
रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो । साथै माघ २३ गते राष्ट्रिय बालनाटक महोत्सव नेपालमा पनि मञ्चन भएको थियो ।
३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेको छ । यसर्थ निर्देशक केदार श्रेष्ठका अनुसार नाटक ‘करेसा कन्सर्ट’ विशुद्ध बालनाटक हो साथै बाल सहभागितामूलक नाटक पनि हो ।
नाटकमा नसना महर्जन (खुर्सानी र साग), सविना सेन (प्याज र लौका), ओसिन राई (धनियाँ), लकस महर्जन (फर्सी), सुधा खनाल (तीतेकरेला), आशियाना रायमाझी (गोलभेडा), कविना रोक्का (मुला), विजया पाण्डे (काँक्रो), सुजाता भट्ट (लसुन) र मञ्जु महर्जन (अदुवा) ले अभिनय गरेका छन् ।
करेसाबारीमा भएका तरकारीनज्य पात्रहरु फर्सी, साथ, लसुन, गोलभेडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ । यी पात्रहरुको मपाईत्वले निम्त्याएको वैमनस्यता र झैझडाबाट सुरु हुने कथा मेलमिलाप र सदभावमा पुगेर टुंगिन्छ ।
हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले करेसाबारीमा एक कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्छन् । उनले एक परिचयात्मक कार्यक्रम गर्दै सबैलाई आफ्नै बारेमा जतिसक्दो बढी कुरा भन्न र आफ्नै गुनगान गाउन लगाउँछन् । त्यस कार्यक्रममा सबैले आफ्नो बारेमा विभिन्न प्रस्तुतिसहित आफ्नो महत्व र विशेषताबारे बोल्छन् । कार्यक्रम सकिदासम्म सबैले सबैको अस्तित्व बोध गर्दै करेसाबारीमा सबैको उत्तिकै भूमिका र महत्व भएको निश्कर्ष निकाल्छन् र खुशी हुन्छन् ।
नाटक ‘करेसा कन्सर्ट’बारे निर्देशकका कुरा
नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारीहरुले आफ्नो महत्व र विशेषताहरुबारे चर्चा त गर्छ नै । त्यसका साथै ती तरकारी पात्रहरुमार्फत नेपाली समाजको बेमेल, रुढी, भेलभाव, वैमन्स्यता, अहम्ता आदिलाई पनि चित्रण गरेको छ । यसर्थ यो बालनाटक सँगै सामाजिक यथार्थवादी नाटक पनि हो । यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरुको विशेषता र महत्वको सन्देश पनि बुनिएको छ ।
नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो । बालनाटक हुन विषयवस्तु र प्रस्तुति पनि बालबालिका केन्द्रित हुनु जरुरी छ । यसर्थ यो नाटक बाल सहभागितामूलक नाटक त हो नै साँच्चिकै बालनाटक पनि बनाउने प्रयत्न गरेको छु ।
यस कथा १० वर्ष अघि रुम टु रिडले ‘करेसाबारीका जडिबुटीहरु’ नामको मेरो पुस्तक प्रकाशित गर्दै नेपालका अधिकांश सामुदायिक विद्यालयको पुस्तकालयसम्म पु¥याइरहेको छ । ३० हजारभन्दा बढी प्रति प्रकाशित यसको हाल चौथो संस्करण प्रकाशित छ । यसै पुस्तकले २०६६ को राष्ट्रिय बाल चित्र पुरस्कार पनि प्राप्त गरेको थियो । सोही पुस्तकको मूल कथा लिएर नाटक ‘करेसा कन्सर्ट’ लेखेको हुँ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया