
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा विद्यार्थी मेला २०२० सम्पन्न भएको छ । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले नेपालको एक इन्च भूमि पनि कसैलाई छुन नदिइने बताउनुभयो । विश्वविद्यालयको शुरुवातकालदेखि विभिन्न समयमा विश्वविद्यालय सभाको सभाषद समेत भइसकेका सांसद अधिकारीले पोखरा विश्वविद्यालयलाई नयाँ उचाईमा लैजान सबै जनाको एक मत हुनुपर्नेमा पनि जोड दिनुभयो ।
मेलाको समापन समारोहमा कास्की जिल्ला प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले सचेत र कर्तव्यनिष्ठ विद्यार्थी नै देशको भविष्य भएको बताउनुभयो । त्यसै गरी अनेरास्वियू नेता नरेश रोकायाले विश्वविद्यालय काठमाडौं र सहरी क्षेत्रमा मात्र सिमित नभई देशको दुरदराजका क्षेत्रहरुमा पनि फैलनुपर्ने आवश्यकता औल्याउनुभयो । त्यस्तै स्ववियू सभापति सुनिल तिमिल्सीनाले पहिलो स्ववियूले गरेका विद्यार्थी मैत्री कार्यक्रमहरुका कारण दुई वर्ष अगाडि भन्दा अहिले विश्वविद्यालयले मुहार फेरेको जिकिर गर्नुभयो ।
मेलाको विभिन्न सत्रमा गरी कुल ४१ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको मेलाका संयोजक होमेन्द्र यादवले जनाउनुभयो । मेलामा रोवर्ट भिडन्त, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चेस प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता समेत गरिएको आयोजकहरुले बताएका छन् । कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा सचेतना कार्यक्रम, एसिड आक्रमण विरुद्ध सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आदि समेत सम्पन्न भएका थिए ।
कार्यक्रमका विभिन्न सत्रहरुलाइ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, महिला नेतृ सुनिता बराल, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण अधिकारी, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने लगायतले बोलेका थिए ।
त्यसै गरी मेलामा पर्यटन अनुसन्धानकर्ता सुवास मल्ल, युवा व्यवसायीहरु वैभव पौडेल, मिलन केसी, सन्तोष राज सिग्देल, विश्लेषक विश्व सिग्देल, शेयर विज्ञ युक्तबहादुर सुवेदी लगायतका वक्ताहरुले पनि विभिन्न विषयमा विद्यार्थीहरुमाझ बहस गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुको साथमा सम्पन्न मेलामा ३५ लाखको खर्च भएको कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया