SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
    १०९८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा विद्यार्थी मेला २०२० सम्पन्न भएको छ । मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले नेपालको एक इन्च भूमि पनि कसैलाई छुन नदिइने बताउनुभयो । विश्वविद्यालयको शुरुवातकालदेखि विभिन्न समयमा विश्वविद्यालय सभाको सभाषद समेत भइसकेका सांसद अधिकारीले पोखरा विश्वविद्यालयलाई नयाँ उचाईमा लैजान सबै जनाको एक मत हुनुपर्नेमा पनि जोड दिनुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    मेलाको समापन समारोहमा कास्की जिल्ला प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले सचेत र कर्तव्यनिष्ठ विद्यार्थी नै देशको भविष्य भएको बताउनुभयो । त्यसै गरी अनेरास्वियू नेता नरेश रोकायाले विश्वविद्यालय काठमाडौं र सहरी क्षेत्रमा मात्र सिमित नभई देशको दुरदराजका क्षेत्रहरुमा पनि फैलनुपर्ने आवश्यकता औल्याउनुभयो । त्यस्तै स्ववियू सभापति सुनिल तिमिल्सीनाले पहिलो स्ववियूले गरेका विद्यार्थी मैत्री कार्यक्रमहरुका कारण दुई वर्ष अगाडि भन्दा अहिले विश्वविद्यालयले मुहार फेरेको जिकिर गर्नुभयो ।

    मेलाको विभिन्न सत्रमा गरी कुल ४१ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको मेलाका संयोजक होमेन्द्र यादवले जनाउनुभयो । मेलामा रोवर्ट भिडन्त, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चेस प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता समेत गरिएको आयोजकहरुले बताएका छन् । कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा सचेतना कार्यक्रम, एसिड आक्रमण विरुद्ध सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आदि समेत सम्पन्न भएका थिए ।

    कार्यक्रमका विभिन्न सत्रहरुलाइ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, महिला नेतृ सुनिता बराल, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण अधिकारी, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने लगायतले बोलेका थिए ।

    त्यसै गरी मेलामा पर्यटन अनुसन्धानकर्ता सुवास मल्ल, युवा व्यवसायीहरु वैभव पौडेल, मिलन केसी, सन्तोष राज सिग्देल, विश्लेषक विश्व सिग्देल, शेयर विज्ञ युक्तबहादुर सुवेदी लगायतका वक्ताहरुले पनि विभिन्न विषयमा विद्यार्थीहरुमाझ बहस गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुको साथमा सम्पन्न मेलामा ३५ लाखको खर्च भएको कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं