
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । अचम्मै भयो । कोटेश्वरमा सवारी साधनको जाम नै भएन । प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारी साधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ । तर, शुक्रवार कोटेश्वरमा दुईवटा फ्लाइ ओभर ब्रिज देखियो । एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारी साधन चलिरहेका थिए भने अर्कोमा बालकुमारीबाट भक्तपुर जाने सवारी साधन । सवारीहरुको एक आपसमा भेट नै नभएपछि जाम नभएको हो ।
यो दृश्य वास्तविक नभएर काठमाडौं डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले तयार पारेको कोटेश्वर जक्शनको हो । स्थानीय स्रोत र सामग्रीको प्रयोग गरेर कक्षा ९ मा सिभिल इञ्जिनियर पढ्ने विद्यार्थीहरुले यस्तो नमूना जक्सन तयार पारेका हुन् । नमुना कोटेश्वर जक्सन निर्माण सहभागी कक्षा ९ की छात्रा समिक्षा ओझाले आफुहरुले बनाएको जस्तै जक्शन बनाउने हो भने कोटेश्वरको जाम सजिलै अन्त्य गर्न सकिने बताइन् ।
यस्तै कक्षा ११ मा सिभिल इञ्जिनियरिङ अध्ययनरत मनिसा घिमिरेको टोलीले काठमाडौंको जाम हटाउन सडकको नयाँ मोडेल तयार पारेको देखियो । ठूला संरचना निर्माण भइसकेकाले काठमाडौंको सडकलाई अब बढाउन सम्भव नभएकाले अब सडक माथि अर्को रुफ कन्ट्रक्सन गरेर फ्लाइ ओभर ब्रिज बनाउनुपर्ने मोडेलमा देखाइएको थियो । अब काठमाडौंको जाम अन्त्य गर्ने यही मात्रै उपाय हो भनेर आफुहरुले त्यसको मोडल बनाएको घिमिरेले बताइन् ।
कक्षा १० मा अध्ययनरत श्रद्धा दासको टोलीले पनि सडक व्यवस्थापनका लागि भनेर फरक शैलीको फ्लाइ ओभर ब्रिजको मोडेल तयार पारेको थियो । धेरै जाम हुँदा विद्यार्थीलाई समयमा स्कूल र कलेज पुग्न गाह्रो छ, कर्मचारीलाई कार्यालय पुग्न समस्या छ त्यसैले जाम हटाउनका लागि हामीले यो मोडेल तयार पारेका हौं– दासले भनिन् । यसै टोलीकी मनिसा हुमागाईंले यो मोडेल लागु गर्ने हो भने एम्बुलेन्स र दमकल जाममा फस्न नपर्ने दाबी गरिन् ।
शैक्षिक प्रदर्शनीमा सिभिल इञ्जिनियरिङ, विज्ञान, गणित र स्वास्थ्य सँग सम्बन्धीत विभिन्न ७० स्टल प्रदर्शन गरिएको थियो । कक्षा ६ देखि १२ कक्षा सम्मका ४ सय विद्यार्थीहरुले स्थानीय स्रोत सामग्रीकै प्रयोग गरेर सामुहिक रुपमा निर्माण गरिएका सामग्री प्रदर्शन गरिएको थियो ।
विद्यार्थीहरुले गणित सिकाइका विभिन्न विधिहरु, स्वास्थ्य रहने विधिहरु र विज्ञानका सामग्रीहरुको बेजोड प्रस्तुति प्रदर्शनी गरेका थिए ।
विद्यार्थीहरुले शिक्षाको साथसाथै शैक्षिक सामग्री निर्माण र प्रदर्शन गरेर आफुलाई सक्षम बनाउन सकुन भन्ने उद्देश्यले विद्यालयले वर्षेपिच्छे यस्तो शैक्षिक प्रदर्शनीको आयोजन ागर्ने गरेको विद्यालयकी प्रधानाध्यापक रिता तिवारी हुमागाईंले जानकारी दिइन् ।
प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीको क्षमता र प्रतिभा प्रदर्शन गर्नु रहेको भन्दै प्रअ तिवारीले प्रदर्शनीले सामुदायिकका विद्यार्थी पनि निजी विद्यालय भन्दा कम छैनन् भन्ने प्रमाणित गरेको बताइन् । विद्यार्थीले पढेरसँगै गरेर पनि सिक्ने भएकाले विद्यालयले क्रियाकलापमा आधारित शिक्षण सिकाइलाई महत्व दिँदै आएको भन्दै प्रअ तिवारीले विद्यार्थीले गर्दै सिकेका सामग्री प्रदर्शन गरिएको जानकारी दिइन् । उनका अनुसार शुक्रवार ७० विद्यालयका झण्डै ४ हजार शिक्षक विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया