SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२३ गते
    २५०६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार साँझ बालुवाटारमा रात्रिभोजमा सहभागी हुन सबैलाई निम्ता दिए ।

    त्यसअघि नै सबै सांसदहरूलाई भोजमा सहभागी हुन ह्वीप जारी भइसकेको थियो । अमेरिकी सहयोगको विवादित एमसीसी सम्झौता पारित गराउने माहौल बनाउन ओलीले बालुवाटारमा भोज खुवाइरहेको चर्चा नेकपाभित्र चल्यो ।एमसीसीका प्रावधान राष्ट्रघाती रहेको भन्दै खरो विरोधमा उत्रिएका एक बहादुर कमरेडले ओलीको भोज बहिष्कार गरेका छन् ।

    अधिकांश केन्द्रीय सदस्य बालुवाटारको रात्रिभोजका रमाइरहेका बेला इमान्दार कमरेड केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने सामाजिक सञ्जालमा ‘घरकै भुटेको मकै र कालो चिया मिठो’ भनेर लेखेका छन् ।ओलीको कडा ह्वीप नमान्दै नेता न्यौपानेले व्यंग्यात्मक रुपमा सामाजिक सञ्जालमा धारणा राखेका छन् । कम्युनिस्ट नेताले क्षणिक तडकभडकभन्दा पनि क्षमता र हैसियत अनुसार खानपिन गर्नुपर्ने सन्देश नेता न्यौपानेले दिएका छन् ।

    न्यौपानेको फेसबुकमा लेखेको स्टेटसलाई धेरैले समर्थन जनाएका छन् भने उनको प्रशंसा गरिरहेका छन् । न्यौपाने सच्चा कम्युनिस्ट रहेको भन्दै उनको प्रशंसा भएको छ ।कम्युनिस्ट नेता विभिन्न भ्रष्टाचार, विचौलिया प्रकरणमा मुछिएर बदनाम भएको बेला न्यौपाने इमान्दार छविका नेता रहेका छन् । स्वच्छ छविकै कारण न्यौपाने कम्युनिस्ट आन्दोलनमा सबैका प्रिय ‘डियर कमरेड’ बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं