SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२२ गते
    १०६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबारमा होटल सञ्चालन नगर्ने स्पष्टिकरण दिएका छन् । बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले नारायणहिटीमा होटल बनाउन नलागिएको स्पष्टिकरण दिएका हुन् । ‘नारायणहिटी दरबारमा कुनै होटल बन्दैनन् । कफी सपसम्म हुन सक्छ । त्यसलाई होटल भन्न नमिल्ला । संग्रहालयको मान्यताअनुसार नै जान्छ । होटल रिसोर्ट बनाउने होइनु उनले भने ।मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट मात्र ५ लाख पर्यटक ल्याउने लक्ष्य भए पनि कोरोना भाइरसको संक्रमणका कारण सम्भव नहुने देखिएको बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले चीनबाट हुने घाटा पूर्ति अर्को पर्यटन बजारबाट खोजिने पनि बताए । ‘त्यताबाट हुने घाटा पूर्ति गर्नका लागि अन्त हेर्दैछौं, वैकल्पिक प्वाइन्ट खोजिरहेका छौं’ मन्त्री भट्टराईले भने ।नेपाल कोरोना भाइरसमुक्त रहेको भन्दै मन्त्री भट्टराईले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको पनि बताए । ‘नेपालमा कोरोना भाइरस छैन, हामीले उच्च सतर्कता अपनाएका छौं, आइसोलेसन कक्ष निर्माणका लागि काम गरिरहेका छौं, नेपाल कोरोना भाइरस फ्री जोन हो, यसले सकारात्मक प्रभाव पारेको छ ।’ उनले भने ।

    मन्त्री भट्टराईले काठमाडौंको त्रिभुवन विमानस्थल चाहेजस्तो विस्तार गर्न नसकिने भन्दै उपत्यकाबाहिर अर्को ठूलो विमानस्थल बनाउनुको विकल्प नभएको बताए । उनले भैरहवाको गौतमवुद्ध विमानस्थल ३/४ महिनामा सकिने र पोखरा विमानस्थल समयभन्दा ६ महिना पहिला नै सकिने दावी गरे ।

    ‘गौतमवुद्ध विमानस्थल निर्माण गलत दिशामा जाँदैन, निर्माणको काम २–४ महिना वरपर जाला तर सक्छौं, पोखरा विमानस्थल पनि निर्धारित समयभन्दा ६ महिना पहिला नै सम्पन्न हुन्छ’ उनले भने ।मन्त्री भट्टराईले देशभरका विमानस्थलको अवस्था के छ भनी सार्वजनिक गर्ने र विमानस्थल सदृढ गर्ने पनि बताए । तराईका राजविराजबाहेक सबै विमानस्थल रात्रीकालीन सेवाका लागि तयार रहेको पनि उनले जानकारी गराए । चितवन, भरतपुर र सुर्खेत विमानस्थल पनि छिट्टै स्तरोन्नति सुरु गर्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं