SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२० गते
    २१७९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोज वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले बहिष्कार गरेका छन् । रात्रिभोजमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ तथा महासचिव विष्णु पौडेल लगायतका नेताहरु भने उपस्थित भएका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आइतबार बेलुकी ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले केन्द्रीय सदस्य र सांसदका लागि आयोजना गरेको रात्रिभोजमा नेपालसहित उनी निकट केही नेताहरुले बहिष्कार गरेका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्री निवासमा आयोजना गरिएकाले रात्रिभोजमा नेपालसहितका नेताहरुले बहिष्कार गरेका हुन् ।बेलुकी ६ बजे सुरु भएको रात्रिभोजमा सहभागीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका थिए । रात्रिभोजमा सामान्य खाना मात्र रहेको थियो । रात्रिभोज ७:३० बजे सकिएको थियो ।

    बैठकमा सहभागी केन्द्रीय सदस्यको मोबाइलमा म्यासेज मार्फत निमन्त्रणा गरिएको थियो निमन्त्रणा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पनि गरिएको थियो ।केन्द्रीय कमिटी बैठकमा सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भइरहेका बेला नेतृत्वले नेताहरुलाई भोज खुवाएर उनीहरुको आक्रोशलाई मत्थर पार्ने प्रयास गरेको हुनसक्ने नेताहरुको भनाइ छ । इताजाखबरबाट लिइएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं