
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौँ । पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपाबीचको पार्टी एकता फेरि भाँडिन पुगेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) बीचको एकता सहमतिको नजिक पुगेर पनि भाँडिन पुगेको हो । दुई पार्टीबीच चुनाव चिन्हमा समझदारी हुन नसक्दा एकता हुन नसकेको दुबै पार्टीका नेताहरुले बताएका छन् ।हिले राप्रपाको चुनाव चिन्ह गाई र राप्रपा संयुक्तको चुनाव चिन्ह हलो रहेको छ । यी दुई पार्टीले एकीकृत पार्टीको चुनाव चिन्ह आ–आफ्नै हुनुपर्ने अडान लिएपछि मूलभूत एजेण्डामा एकै ठाउँमा भएपनि एकीकरण हुन नसकेको हो ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हाललाई दुई पार्टीबीचको एकीकरण प्रक्रिया टरेको रातोपाटीलाई बताए । उनको दावी अनुसार एकीकरणका लागि बिहीबार दुई पार्टीका अध्यक्षहरुबीच सहमति भएको र अन्तिम समझदारी गरेर एकता घोषणा गर्नेसम्मको तयारी हुँदैगर्दा एकाएक राप्रपा संयुक्तका कारणले एकता भाँडिन पुगेको हो ।बिहीबार राजधानीको महाराजगन्जमा थापा, राणा र लोहनीबीच भएको बैठकमा केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपा संयुक्तबाट ४५ प्रतिशत प्रतिनिधित्व रहने गरी पार्टी एकता गर्ने समझदारी भएको थियो । यस्तै अध्यक्ष तीनै जना रहने समझदारी पनि भएको थियो ।
यसैगरी पार्टीको चुनाव चिन्ह आगामी महाधिवेशनबाट टुंगो लगाउने र पार्टीको सिद्धान्त हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हुने समझदारी भएको थियो ।सो समझदारीअनुसार अध्यक्ष थापाले शुक्रबार बोलाएको केन्द्रीय समिति बैठक राजनीति प्रतिवेदन पेश गरेपछि स्थगित भएको थियो । प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार अध्यक्ष राणाको आग्रह अनुसार बैठक स्थगित गरिएको हो । तर, शनिबार फेरि राणाले एकाएक हलो चुनाव चिन्ह हुने सुनिश्चित भएमात्रै एकता हुने अडान लिएपछि एकता टरेको उनले बताए ।
राप्रपा संयुक्तका प्रवक्ता राजेन्द्र गुरुङले पनि हलो चुनाव चिन्हमा कुरो अड्किँदा हाललाई एकता टरेको बताए । ‘हलोको विषयमा थप छलफल गर्नुपर्ने भएकाले हाल एकता नहुने भएको छ । तर, हामी एकता हुनुपर्छ भन्ने पक्षमै छौँ’, गुरुङले शनिबार साँझ भने ।हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर २०७३ मङ्सिरमा एकीकृत राप्रपा गठन भएको थियो । सो एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्दसम्मका पञ्चायतकालीन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा हुन पुगेका थिए ।
तर, सो एकताको ८ महिनामै पार्टी छिन्नभिन्न त भयो नै कमल थापालाई एकता हुनुअघि भन्दा पनि बढी क्षति पुगेको थियो । त्यतिबेला पनि एकीकृत पार्टीको चुनाव चिन्ह गाई हुने निर्णय भएपछि विवाद फुटसम्मको अवस्थामा पुगेको हो ।२०७४ भदौमा पार्टी फुटाउँदा राणाले थापा निकटकै सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेका थिए । त्यसअघि नै पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्दै प्रकाशचन्द्र लोहनीले पनि पार्टी परित्याग गरेर राप्रपा राष्ट्रवादी बनाएका थिए ।
पछि राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकीकरण भएर राप्रपा संयुक्त बनेपनि राप्रपासँग भने पटक पटक छलफल भएपनि एकता हुन सकेको थिएन । यहीबीचमा एकताको लागि बिहीबार ‘निर्णायक’ छलफल भएको भनिएपनि सो समझदारी दुई दिन पनि टिक्न सकेन ।दुई पार्टीबीच एकता टरेसँगै राप्रपा अध्यक्ष थापाले शुक्रबार स्थगित गरेको केन्द्रीय समिति बैठक शनिबार फेरि बसेको छ । अब राप्रपा पूर्वनिर्धारित महाधिवेशनमा जानेगरी केन्द्रीय समितिबाट निर्णय गराएर त्यसैमा केन्द्रीत हुने निष्कर्षमा पुगेको छ । राप्रपाले आगामी जेठ २५ मा महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिएको छ ।कमल थापाको राजनीतिक प्रतिवेदनमा पनि एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको बन्दी भएर बस्न नसकिने उल्लेख छ ।
‘देशलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने र राप्रपालाई राष्ट्रनिर्माणको अग्रणी शक्ति बनाउने क्रममा समान विचारधारा भएकाहरुसँग सहकार्य र एकता गर्ने नीतिलाई हामी निरन्तरता दिनेछौं। तर, एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको बन्दी भएर बस्न सक्दैन’, प्रतिवेदनमा भनिएको छ ।समान विचारधारा भएका दलहरुसँग सहकार्य र एकता सम्बन्धी विषय अब आगामी महाधिवेशनको मार्गदर्शन अनुरुप अघि बढाउने पक्षमा राप्रपा छ ।२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठन भएको थियो ।
रोचक त के रह्यो भने पार्टी गठन हुने प्रक्रियामा नै विभाजित भएको थियो । त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न रहेका थिए । तर एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए । त्यसयताका २९ वर्षमा राप्रपा फुट्दै र जुट्दै आएपनि पछिल्लो समय भने कमजोर अवस्थामा पुगेको छ। आपसी टकराव, व्यक्तित्वको दम्भ, एजेण्डामा सम्झौता, सत्तालिप्सा लगायतका कारण यो पार्टी कमजोर अवस्थामा पुगेको कतिपयको टिप्पणी छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया