SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१९ गते
    १२७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो । गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको भने केही दिन अघि नै राजीनामा स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन् । खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यससँगै २२ माघदेखि निजामती क्षेत्रमा चार सचिव पद रिक्त हुने भएको हो । हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवा निवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ । सो पदसहित पाँच सचिव पद रिक्त हुने अवस्थामा पुगेको हो ।२० गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले गृह सचिव राईले आइतबार भने काम गर्ने बताइएको छ । राईको बिदाइ आगामी सोमबार दिउँसो १ बजे गरिने कार्यक्रम तय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    गृह मन्त्रालय र अर्थ मन्त्रालयमा सचिव पद रिक्त हुनै लाग्दा त्यहाँ जान अन्य सचिवहरूले दौडधूप तीव्र पारेका छन् । गृह मन्त्रालयका लागि सचिवहरू महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला र केदारबहादुर अधिकारीको दौड छ ।यी तीनमध्ये एक जना गृह सचिव हुने निश्चित रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यस्तै, अर्थ मन्त्रालयको सचिवका लागि शिशिर ढुंगाना र लक्ष्मण अर्यालको दौड जारी छ । स्रोतका अनुसार ढुंगाना नै अर्थ सचिव हुने सम्भावना बढेको छ ।

    सचिव वढुवा सिफारिस समितिको हालै बसेको बैठकले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ । सिफारिस भएकामा दिनेश भट्टराई, टेकनारायण पाण्डे र बाबुराम पौडेल रहेका छन् ।लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले एक सचिवका लागि तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीनमध्ये एक नम्बरमा रहेका दिनेश भट्टराईलाई सचिवमा बढुवा गर्ने निश्चित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं