
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामा स्वीकृत भएको छ । २२ माघदेखि सेवानिवृत्त हुने क्रममा रहेका सचिवद्धय राई र आचार्यले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो । गृह सचिव राईको राजीनामा २० माघदेखि लागू हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उपराष्ट्रपति कार्यालयका सचिव आचार्यको भने केही दिन अघि नै राजीनामा स्वीकृत भइसकेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपाल ट्रस्टका सचिव गजेन्द्र ठाकुरको पदावधि २२ माघमा सकिने भए पनि उनीहरूले भने राजीनामा दिएका छैनन् । खनाल र ठाकुर २२ माघदेखि नै स्वतः पदमुक्त हुनेछन् ।
यससँगै २२ माघदेखि निजामती क्षेत्रमा चार सचिव पद रिक्त हुने भएको हो । हाल एक सचिव पद रिक्त छ । प्रधानमन्त्री कार्यालयका सचिव अनिल ठाकुर सेवा निवृत्त भएपछि सो पद पनि रिक्त रहँदै आएको छ । सो पदसहित पाँच सचिव पद रिक्त हुने अवस्थामा पुगेको हो ।२० गतेदेखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले गृह सचिव राईले आइतबार भने काम गर्ने बताइएको छ । राईको बिदाइ आगामी सोमबार दिउँसो १ बजे गरिने कार्यक्रम तय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृह मन्त्रालय र अर्थ मन्त्रालयमा सचिव पद रिक्त हुनै लाग्दा त्यहाँ जान अन्य सचिवहरूले दौडधूप तीव्र पारेका छन् । गृह मन्त्रालयका लागि सचिवहरू महेश्वर न्यौपाने, यादवप्रसाद कोइराला र केदारबहादुर अधिकारीको दौड छ ।यी तीनमध्ये एक जना गृह सचिव हुने निश्चित रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । यस्तै, अर्थ मन्त्रालयको सचिवका लागि शिशिर ढुंगाना र लक्ष्मण अर्यालको दौड जारी छ । स्रोतका अनुसार ढुंगाना नै अर्थ सचिव हुने सम्भावना बढेको छ ।
सचिव वढुवा सिफारिस समितिको हालै बसेको बैठकले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ । सिफारिस भएकामा दिनेश भट्टराई, टेकनारायण पाण्डे र बाबुराम पौडेल रहेका छन् ।लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले एक सचिवका लागि तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीनमध्ये एक नम्बरमा रहेका दिनेश भट्टराईलाई सचिवमा बढुवा गर्ने निश्चित रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया