
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त क्षेत्रको सांस्कृतिक पक्षको बिकास गर्ने उद्देश्यले स्थानिय संजीव राना मगरको अध्यक्षतामा लिगलिग भिलेज स्पोर्टस नामक संस्था दर्ता गरिएको हो । संस्थाको संस्थापक उपाध्यक्षमा रुपा राना मगर, सचिवमा बिनोद श्रेष्ठ, कोषाध्यक्षमा बिजय पाण्डे, सदस्यहरुमा अनिल राना मगर, निराज थापा र दीपक थापा रहेका छन ।
पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धि गर्न, स्थानीय जनताको पहिचान, स्वाभिमान र भाषिक तथा सांस्कृतिक वातावरणमा क्षति नपु¥याई स्थानिय क्षेत्रको बिकास र समृद्धिका कार्यहरुमा सहयोग पु¥याउन, बहुभाषिक, बहुसांस्कृतिक समाजको मुल्य मान्यतालाई सम्मान गर्दै खेलकुद र पर्यटनको माध्यमबाट ऐतिहासिक क्षेत्र लिगलिगकोटलाई विश्वसामु चिनाउने उद्देश्यले संस्थाको गठन गरिएको राना मगरले वताए ।
लिगलिग भिलेज स्पोर्टसले उक्त क्षेत्रका स्थानीय जनता, महिला, युवा, वालवालिका, आदिवासी, जनजाति, पिछडिएका वर्ग समुदाय, अशक्त र असहाय, समाजको मुलधारभन्दा बाहिर रहेका समुदायहरुमा उद्यमशीलता र आयआर्जनको वातावरण निर्माण गरी समग्र लिगलिग क्षेत्रको बिकास र समृद्धिमा स्थानीय निकाय तथा राज्यलाई सहयोग गर्न तथा सो क्षेत्रको उन्नती तथा समृद्धिका लागि विविध अध्ययन अनुसन्धान गर्न, लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन र बिकास जस्ता सामाजिक काम गर्नका लागी गैर सरकारी संस्थाको रुपमा संस्था दर्ता गरिएको हो ।
नेपाल राज्य निर्माणको ऐतिहासिक भुमिमा आयोजना गरिने लोकतान्त्रिक लिगलिगे दौड परम्परा (सभ्यता) लाई उजागर र सम्मान गर्दै समग्र लिगलिग क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खेल पर्यटनका माध्यमबाट प्रवद्र्धन गरी नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थलहरुको विस्तृत खोज तथा अनुसन्धान गरी प्रचार प्रसार गरी प्रवद्र्धन र विकास गर्न विविध कार्यक्रमहरु गर्ने लक्ष्य संस्थाले लिएको छ ।
संस्थाले नेपाली समाजबाट क्रमशः विलुप्त हुँदै जान लागेका स्थानीय तथा रैथाने मौलिक भाषा–संस्कृति, परम्परा, वातावरणमैत्री आदिवासिय ज्ञान तथा प्रविधी, भेषभूषा, चाडपर्व, रैथाने ज्ञान विज्ञान, परम्परागत सम्पदा आदिको संरक्षण, संवद्र्धन र विकासका लागि खेलकुद र पर्यटनका माध्यमबाट पुर्नजागरणका विविधकार्यक्रमहरु गर्नुका साथै नेपाली ग्रामिण युवाहरुको बढ्दो शहरी क्षेत्र तथा विदेश तर्फ बसाईसराई र पलायनलाई न्यूनिकरण गर्न खेलकूद र पर्यटनको माध्यमवाट विकास र समृद्धिका विविध कार्यक्रम तथा अभियान मार्फत ग्रामीण भेगमानै उद्यमशिलताको विकास तथा आयआर्जनका लागि विविध कार्यक्रमहरु गर्ने मगरले जानकारी दिए ।
समाजमा व्याप्त अज्ञानता, अनभिज्ञता र अशिक्षाका कारण स्थानीय नेपाली जनताले भोग्नु परेको गरिबी, अस्वस्थ्यता र प्रदुषित वातावरण जस्ता समस्याहरु निराकरण गर्न व्यवहारिक तथा समयानुकुल शिक्षाका कार्यक्रमहरु, स्थानीय पाठ्यक्रम तथा भौतिकपूर्वाधार निर्माण गर्न सहयोग जुटाउनुका साथै स्वास्थ्य, वातावरण र शिक्षा तथा खेलकुद पर्यटनको क्षेत्रमा समेत काम गर्ने संस्थाले जनाएको छ । त्यसैगरी खेलकुद तथा पर्यटनको विकास गर्न तथा सो क्षेत्रको बिकास र समृद्धिको लागि योगदान गर्ने व्याक्तित्व तथा प्रतिभाहरुको खोजी गरी सम्मान गरी पर्यटन वर्ष २०२० लाई सफल बनाउने लक्ष्य लिइएको छ । संस्थाले पहिलो कार्यक्रम अन्तर्गत छिट्टैनै खेलकुद कार्यक्रमको आयोजना गर्ने संयोजक राना मगरले वताएका छन । फोटो ः एम बि आस्था मगर÷प्रमिला गुरुङ राना मगर ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया