SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
    ९११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । सरस्वती पुजा अर्थात श्रीपन्चमीको अवसर पारेर एस।टी। क्रियशन म्यानेजमेन्ट प्रा।लिको सदस्यहरुले संयुक्त रुपमा अनाथ तथा असाहाय बालबालिकाहरुलाई शैक्षिक सामााग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री सहित नगद सहयोग प्रदान गरेको छ । पोखरा १५ टुटुङ्गामा अवस्थित सृजनशील बालविकास बाल गृहमा आश्रीत १५ जना बालबालिकाहरुको शैक्षिक क्षेत्रमा प्रगति होस भन्ने उदेश्यले सहयोग कार्यक्रम आयोजना गरेको उक्त सहयोग कार्यक्रमका संयोजक आशिष पुरीले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विगत ५ वर्षदेखि पोखरामा रहेर इभेण्ट अयोजना सँगै म्यानेजमेण्ट लगायत उत्पे्ररणा र जनचेतनामूलक कार्यक्रम, खेलकुद र सामाजिक कार्यहरु गरी सेवा प्रदान गर्दै आएको एस।टी। क्रियशन म्यानेजमेन्ट प्रालीले हालसम्म थुप्रै सौन्दर्य प्रतियोगिताको आयोजना गरिसकेको छ ।

    बिभिन्न कार्यक्रम मार्फत उठेको रकमको केहि नगद सहित पचास हजार रुपैया बराबरको शैक्षिक सामाग्री, लत्ता कपडा, खाध्यन्न सामाग्री लगायत प्रदान गरिएको एस।टी। क्रियशन म्यानेजमेन्ट प्रालीका प्रबन्ध निर्देशक सुरज थापाले बताए । उक्त सहयोग कार्यक्रमबाट सृजनशील बालविकास संस्था आभारी रहेको संस्थाका सञ्चालक शंकर पन्थले बताए ।

    आफु पनि बिगतमा अरुकै साहारामा हुर्केको हुनाले आफु सक्षम भए देखि बिगत १७ बर्ष देखि निरन्तर असाहाय तथा सहयोगको आवश्यकता परेका बालबालिकाहरुले बालगृहमा आश्रय लिदै आएको र यस संस्थाले करिब २०० भन्दा बढी बालबालिकाहरुले प्रत्यक्ष लाभ लिएको उनले बताए । देश भरका बिभिन्न ठाँउबाट उक्त सृजनशील बालविकास बाल गृहमामा आश्रय लिएको र असाहाय तथा सहयोगको आवश्यकता परेका बालबालिकाहरुले संस्थालाई सम्झन समेत अग्रह गरे ।देश तथा बिदेशका मनकारी ब्यत्तित्व तथा बिभिन्न संघ संस्थाहरुको सहयोगले संस्थामा रहेका बालबालिकाहरुले आवश्यक आवश्यकता पुर्ति गर्न सहयोग पुगेको र थप सहयोगको अपेक्षा संस्थाले राखेको छ ।

    सहयोग कार्यक्रममा एस।टी। क्रियशन म्यानेजमेन्ट प्रालीका निर्देशक ईनिशा दुरामगर, सदस्यहरु सन्तोष गुरुङ, सफल सुबेदी, सन्नी गुरुङ, कुबिर जिसी, सिम्रन क्षेत्री, सन्ध्या गुरुङ, बिशाल तामाङ, राहुल सापकोटा, निशान सुनार, लुक गुरुङ लगाएत सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं