
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
काठमाडौ । एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । यस्तै देखिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबनिमा । आयोगका अनुसार काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका तत्कालीन सहयोगी राजेन्द्र बस्नेतले झण्डै रु नौ करोड बराबरको अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ । आयोगले आज अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
आयोगको अनुसन्धान अनुसार बस्नेत र उहाँको परिवारको नाममा रु नौ करोड ७३ लाख ३१ हजार बराबरको सम्पत्ति देखिएकामा झण्डै रु आठ करोड ९८ लाख बराबरको सम्पत्तिको वैध स्रोत खुल्न नसकेको पाइएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी बस्नेतलाई कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो । आयोगले भ्रष्टाचार गरी कमाएको रकम जफत गर्नसमेत माग गरेको छ । आयोगका अनुसार कार्यालय सहयोगी बस्नेतको रु ७४ लाख ७३ हजार ३७३ मात्रै वैधानिक रुपमा आर्जन गरेको पाइएको छ । मालपोतमा कार्यालय कार्यालय सहयोगीको रुपमा काम गर्ने बस्नेतको जीवनयापन अस्वाभाविक रहेको भन्दै परेको उजुरीमाथि छानबनि गर्दा उहाँको अवैध आय फेला परेको हो ।
आयोगका प्रवक्ता कोइरालाका अनुसार कार्यालय सहयोगी बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गर्नुभएको थियो । आयोगले सेवा प्रवेशदेखि गत वर्षसम्मको आय तथा खर्चको समेत विश्लेषण गरेको छ । बस्नेतले श्रीमती सीता बस्नेतको नाममा रु छ करोड, ७४ लाख बराबरको घरजग्गा खरिद गरेको, आमाको नाममा रु ६२ लाख ९० हजारको घर निर्माण गरेको देखिएको छ । मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्नेतले नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्नेलगायत गैरकानुनी काम गरेको पाइएको छ । यस्तै आयोगले नेपाल प्रहरीका प्रहरी निरीक्षक अरुणकुमार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यस्तै, शुक्लगण्डकी तनहुँको कुमारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक शारदा अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायणप्रसाद साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसैगरी नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक धिरेन्द्रकुमार शाहीलाई पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । उता जिल्ला हुलाक कार्यालय बाँकेका तत्कालीन खरिदार निर्मलाकुमारी केसीको शैक्षिक योग्यता नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया