
१बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
२जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
३पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
४काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
५विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
६नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
७कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१०जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
११पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
१२म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकको अध्यक्षता पार्टी अध्यक्ष द्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले उद्घाटन मन्तब्य राखे । उक्त उद्घाटन मन्तब्यमा ओलीले सत्तादेखि सडकसम्मका कुरा गरे । त्यसक्रममा उनले वैचारिक पूर्वाग्रह साँधेर पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध छेडिएको आरोप लगाए । सरकारले राम्रा राम्रा काम मात्रै गरेको भनेर सबै केन्द्रीय सदस्यहरुलाई रिझाउन कोसिस गरे । करिब २ बर्षपछि बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओली रक्षात्मकरुपमा प्रस्तुत भएका छन् ।
बैठकअघि ओलीले मंगलबार अर्का पार्टी अध्यक्ष प्रचण्डसँग दिनभरजसो छलफल गरेका थिए । केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न मंगलबार साँझ बालुवाटारमा नेकपा सचिवालयको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले माग गरे – भोलि मैले राष्ट्रिय सभागृहमा एमसीसी र यती लगायतका विषयमा बोल्न पाउनुपर्यो । सरकारको बचाउमा बोल्न पाउनुपर्यो । सचिवालयले प्रधानमन्त्रीलाई केन्द्रीय कमिटीको बैठकमा लामो भाषण गर्ने अनुमति दिएको थियो । तर, सचिवालयकै नेताहरु एकमत हुन नसकिरहेका मुद्दामा प्रधानमन्त्रीले गरेको जिरहबाट केन्द्रीय सदस्यहरु ‘कन्भिन्स’ भए या भएनन् ? यसको टुंगो बैठकमा अब बोल्ने केन्द्रीय सदस्यहरुको धारणाबाट लाग्ने नै छ । पछिल्लो समय नेकपाभित्र पनि ठूला नेतासँग कार्यकर्ताहरु डराउने, अनि कार्यकर्तासँग नेताहरु डराउने मनोविज्ञान विकसित हुन थालेको संकेत बुधबार राष्ट्रिय सभागृहमा देखिएको हो । नेकपाभित्र पार्टी नेतृत्वको कार्यशैली चित्त नबुझे पनि बोल्न सक्ने हिम्मतिला नेता– कार्यकर्ताको खडेरी छ ।
अधिकांश कार्यकर्ताहरु शीर्ष नेतृत्वको आलोचना गर्न डराउँछन् । तर, बुधबार प्रधानमन्त्री ओलीको सम्वोधन सुन्दा उनीसमेत आफ्नै केन्द्रीय सदस्यहरुसँग डराइरहेको प्रतीत हुन्थ्यो । बैठकमा उपस्थित केन्द्रीय नेताहरुलाई प्रधानमन्त्री ओलीले भने, ‘मेरो सम्बन्धमा कुनै आलोचना छ, सुझाव छ, टिप्पणी छ भने त्यो पनि कुरा गर्न सकिन्छ । र, त्यसलाई सच्याउन सकिन्छ ।’ तर, त्यसरी आलोचना गर्दा ‘आन्दोलनलाई नोक्सान पर्न नहुने’ ओलीले सुझाए । उनले भने, ‘त्यस प्रकारका वैयक्तिक असन्तुष्टिहरु या आक्रोशहरु या विरोधहरुले आन्दोलनमा प्रभावित गर्ने गरी जानु वाञ्छनीय हुँदैन । म साथीहरुलाई आग्रह गर्न चाहन्छु– हाम्रो सफलता हाम्रो युनिटीमा छ ।’ विगतमा उखान टुक्कासहित प्रस्तुत हुने प्रधानमन्त्री ओली बुधबार भने अलि त्रसितजस्तै देखिन्थे । सम्वोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, हामी सानातिना कुराहरुमा अल्झिनुहुँदैन । सानातिना कुराहरु केही छन् भने… हुन सक्छ, हामीयता (अगाडि) बस्नेहरुको आलोचना होला, त्यो ठूलो कुरो होइन, हामी सुन्न तयार छौं ।’ अध्यक्ष ओलीले अगाडि भने, ‘हुन सक्छ, दुई जना अध्यक्षको आलोचना होला । त्यो पनि सुन्न तयार छौं र सच्याउनुपर्ने ठाउँहरु छन् भने सच्याउन तयार छौं । यो देशका लागि गर्ने कुरा हो, व्यक्तिका लागि होइन । अहमको कुरा होइन, जिद्दीको कुरा होइन । देशका लागि गर्नुपर्ने कुरा हो ।’
यती र एमसीसीको बचाऊ
आफ्नो सरकारले राम्रो काम गरिरहेको सविस्तार व्याख्या गर्नुुका साथै प्रधानमन्त्रीले यती होल्डिङसँग जोडेर पत्रपत्रिकामा आएका समाचारको समेत बैठकमै खण्डन गरे । यतीको बचाउमा उनी खुलेर प्रस्तुत भए । प्रधानमन्त्री ओलीले अमेरिकी मिलेनियम कर्पोरेशन (एमसीसी) लाई किन पारित गर्नुपर्छ भन्ने बारेमा लामो तर्क प्रस्तुत गरे । पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी पारित गर्नुपर्छ भनेको ‘भर्बेटिम मसँग छ’ भन्दै प्रधानमन्त्रीले आफूलाई वकिलको पारामा प्रस्तुत गरे । पूर्वमाओवादीहरुलाई जवाफ दिने अर्थमा उनले महरा पनि एमसीसीमा सहमत थिए भन्ने जिकिर प्रस्तुत गरेको बुझ्न सकिन्थ्यो ।
प्रधानमन्त्रीले अगाडि भने, ‘हामीसँग सही नीतिहरु छन् । हामीसँग विशाल पार्टी छ । जनताले विश्वास गरेर यत्रो समर्थन दिएका छन् । हामीसँग काम गर्ने मौका छ, अवसर छ । हामीसँग समय पनि छ । दुई वर्षका कामहरुले हामी काम गर्न सक्छौं भन्ने कुरा देखाएको छ । अलिकति हामीले प्रचारमा ध्यान दिन सकेका छैनौं । अलिकति एक ताल, एक सुर भएर हिँड्न सकेका छैनौं, अलिकति एक आवाजमा बोल्न सकेका छैनौं । त्यसका पछाडि केही कमीहरु होलान्, ती कमीहरुलाई हटाऔं र एक आवाजमा बोलौं । एक तालमा चलौं । कदमहरु हाम्रा उस्तै होउन् । त्यसो गर्यौं भने हामीले देश बनाउन सक्छौं ।’ नेकपाको यो बैठकलाई दुनियाँले हरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो बैठकलाई दुनियाँले हेरेको छ । यस बैठकलाई हामीले शानदार, बहुत व्यवस्थित र उपलब्धीमूलक बनाउन जरुरी छ । म कमरेडहरुसँग त्यही अपेक्षा राख्न चाहन्छु । बैठक अत्यन्तै व्यवस्थित र उपलब्धीपूर्ण हुनुपर्छ । उत्साहपूर्वक छलफलमा सक्रियतापूर्वक सहभागिता जनाऔं ।’ नेकपानिकट स्रोतका अनुसार केन्द्रीय कमिटीको बैठकसँग प्रधानमन्त्री ओली डराउनुका पछाडि मुख्यतः तीनवटा कारण छन् – पहिलो कारण – केन्द्रीय समितिले यती लगायतका विषयसँग जोडेर सरकारको कडा आलोचना गर्ने सम्भावना । दोस्रो कारण – सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत आफ्नो गुट अल्पमतमा पर्नु । अनि तेस्रो कारण– संसदबाट एमसीसी पारित गर्नका लागि केन्द्रीय कमिटीले म्यान्डेट नदेला कि भन्ने सशंय ।
ओलीले आफ्ना कतिपय काममा एमालेजस्तो भइएको स्वीकार गरेका छन् । अब राष्ट्र निर्माणको मूल्यमा त्यसलाई बिर्सदै जानुपर्ने नेकपा अध्यक्ष ओलीको भनाइ छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘कहिले–कहिले बोल्दाखेरि मैले नेकपा नभनेर एमाले भनिराख्या हुन्छु । पृष्ठभूमिले तानेको । बोल्ने बानी परेको, बोल्दै जाँदाखेरि फ्याट्ट एमाले भनिन्छ, अनि सम्झिँदाखेरि त ए हामी त नेकपा भइसकियो !’ अध्यक्ष ओलीले भने, ‘डेढ वर्ष भइसक्यो नेकपा भाको, एमाले भन्ने घरिघरि आउँछ, त्यो पृष्ठभूमिले हो ।’ एमाले भन्ने बोलाइमा मात्र नभएर कहिलेकाहीँ काममा समेत देखिने गरेको प्रधानमन्त्री ओलीले स्वीकार गरे । बैठकको सुरुमा लामो सम्वोधन गरेका अध्यक्ष ओलीले भने, ‘त्यो (एमाले) बोलाइमा मात्रै होइन, कहिले–कहिले काममा पनि त्यस्ता आउलान् । तर, त्यसलाई अब हामीले राष्ट्र निर्माणको कस्टमा चाहिँ छोड्दै जानुपर्छ । त्यसलाई बिर्सँदै जानुपर्छ र हामीले फराकिलो भावनाका साथ एकतावद्ध भएर अगाडि जानुपर्छ ।’
एकता प्रक्रियालाई टुंग्याउने कुरामा अलिकति विलम्ब भएको स्वीकार गर्दै प्रधानान्त्री ओलीले यसमा नेतृत्व गम्भीर रहेको बताए । पूर्वएमाले र पूर्वमाओवादीको पृष्ठभूमि अहिलकति समयसम्म जान सक्ने उनले विश्लेषण गरे । प्रधानमन्त्री ओलीले भने, ‘अलिकति समयसम्म यो पृष्ठभूमिले अलिअलि तान्छ । त्यस क्रममा सरकारले केही गरेन भन्ने हल्ला निराधार भएको दावी गर्दै विश्वका कुनै पनि सूचकमा नेपालको अवस्था नेगेटिभ नभएको बताएका छन् । विपक्षी र नेकपाकै नेताहरुले सरकारले केही गरेन भन्ने आरोप लगाइरहँदा प्रधानमन्त्री ओलीले विभिन्न तथ्याङ्क प्रस्तुत गर्दै सरकारको उपलब्धि फेहरिस्त बताएका हुन्। उनले नेपाल कुनै पनि सूचकांकमा अगाडिबाट पछाडिमा झर्यो भन्ने अवस्थामा नपुगेको दाबी गरे। विश्व बैंकको डुइङ बिजनेसदेखि संयुक्त राष्ट्र संघको मानव विकास सूचकांकसम्म नेपालले उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले बताए। उनले यी सबै कुरा विधिको शासनको उपलब्धि भएको दाबी गरे। ‘केही टावर पड्काउने, ब्लास्ट गर्ने चन्दा असुली गर्नेहरुमाथि नियन्त्रण गरेका छौं,’प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले सुशासनदेखि भ्रष्टाचार नियन्त्रणसम्म नेपालले उल्लेख्य सुधार गरेको बताए।
गणतन्त्रपछि लगातार ४ प्रतिशतको आर्थिक वृद्धि भई त्यसपछि ६ प्रतिशतभन्दा भएको बताउँदै इकोनोमिस्टले उच्च आर्थिक वृद्धि गरिरहेका मुलुकको सूचीमा नेपाललाई राखेको प्रधानमन्त्री ओलीले दाबी गरे। ‘हामीले बनाएको होइन, द इकोनोमिस्टले हो।अन्तर्राष्ट्रिय मानकमा नेपाल अगाडि बढेको छ। कम्युनिस्ट सरकाले कसैलाई पनि कमजोर बनाएको छैन,’प्रधानमन्त्री ओलीले भने। दैलेखमा पेट्रोलियम अन्वेषण सुरु भएको र फलाम खानी उत्पादनको काम निकट भविष्यमा सुरु गर्ने प्रधानमन्त्रीओलीले दाबी गरे। यी दुई आयोजना पूरा भएपछि नेपालको अवस्था बेग्लै हुने पनि प्रधानमन्त्री ओलीले बताए। त्यसैगरी उनले निर्यात २७ प्रतिशतले बढेको, आयातमा कमी आएको, भुक्तानी सन्तुलन बचतमा रहेको, उत्पादन र उत्पादकत्व बढेको तथा, धान, गहुँ र मकैको उत्पादन बढेको तथ्यांक नै प्रस्तुत गरे। सडक निर्माण, पुल निर्माणलगायत भौतिक पूर्वाधारमा भएका काम, पानी जहाज कार्यालयको स्थापना, चितवनको नारायणी नदीमा क्रुज सञ्चालन भएको लगायतका विवरण पनि प्रधानमन्त्री ओलीले प्रस्तुत गरे।


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया