SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
    ११३४ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ मध्येतिर आउँदा दानवीरको सहभागिता बढ्दो छ। अघिल्ला दिनहरुको तुलनामा मंगलवार दानवीर तथा भक्तजनको सहभागिता हवातै बढेको हो।मंगलवार मात्रै करिव ४ हजार दानवीर सहित भक्तजन सहभागि भएको मूल आयोजक समितिका महासचिव हरिप्रसाद शर्माले बताए । मंगलवारसम्म नगद रु.३३ लाख ८९ हजार ३ सय ८७ दान संकलन भएको छ ।त्यस्तै ३० मुरी धान तथा करिव १३ मुरी चामल पनि संकलन भएको जनाइएको छ ।त्यस्तै धारापानीकी राधिका केसीले मंगलवार तुलादान समेत गरेकी छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    शिव पुराण वाचन गर्दै भागवत् भाष्कर प.कमलनयन गौतमले दान गरेर कृर्ति राख्न आग्रह गर्दै दानसँगै मन्दिरको पुनःनिर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् ।

    यज्ञका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न मंगलवारको कार्यक्रम महासचिव हरिप्रसाद शर्मा र धारापानी माविका शिक्षक नारायण पौडेल(नयन)ले संचालन गरेका थिए। यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं