SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
    ७६८ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा ।
    बसाइ सराइ र वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्न थालेपछि गाउका युवाहरु समेत पलायन हुन थाले, युवाहरुको अभावमा यतिवेला अधिकांश गाउहरु सुनसान जस्तै देखिन्छ । युवाहरु वैदेशिक रोजगार र अध्ययनका लागी शहर झर्न थालेपनि गाउहरु सुनसान छभने गाउमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रम तथा रमाइलो मेलाहरु समेत कमै मात्रामा हुन थालेका छन । त्यसैलाई मध्येनजर गरी कास्की पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया गाउका केही युवाहरुले गाउमा मेलाको आयोजना गरेका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    शहरमा बस्ने युवा र वैदेशिक रोजगारीमा रहेका युवाहरुको सहयोगमा मोहोरियामा रहेको प्रयत्नशील युवा क्लवले युवा तथा शहरमा बसेकाहरुलाई गाउमा भित्रयाउने उद्देश्यले वसन्त पञ्चमी मेलाको आयोजना गरेका हुन । पोखरा शहर देखी १३ किलो मिटर नजिकै रहेको मोहोरियामा बसाइसराई, वैदेशिक रोजगार र अध्ययनका क्रममा युवाहरु पलायन हुन थालेपछि गाउमा रहेका केही युवाहरुको पहलमा वसन्त पञ्चमी मेलाको आयोजना गरेका हुन । बजारमा बसोबास गर्नेहरुलाई गाउमा भित्रयाउने र युवाहरुलाई पनि गाउमा रहेको संस्कृतीको बारेमा जानकारी दिइ त्यसको जगेर्नाको लागी प्रयत्नशील युवा क्लवले आफ्नो २४ औ वार्षिकोत्सवको अवसर पारी ४४ औ वसन्त पञ्चमी मेलाको आयोजना गरेको क्लवका पूर्व अध्यक्ष उत्तम गुरुङले वताए ।

    केही वर्ष पहिले बसन्त पञ्चमी मेला हुदा युवाहरुको सक्रियता र उपस्थिती बाक्लो हुने गरेको स्मरण गर्दै गुरुङ भन्छन पछिल्लो समय युवाहरु बजारमा अध्ययन गर्न जाने र विभिन्न चाडपर्वको समयमा मात्र गाउ आउने गर्छन त्यो निरन्तरतालाई अगाडि वढाउनका लागी मोहोरियामा जन्म भइ विभिन्न ठाउमा कर्मथलो गर्ने युवाहरुलाई गाउको बारेमा जानकारी गराइ गाउमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिन्छकी भन्ने अभिप्रायले आफुहरुले यो पटक फरक शैलीले बसन्त पञ्चमी मेलाको आयोजना गरेको वताउछन ।

    गाउमा आयोजित बसन्त पञ्चमी मेलाको मंगलबार पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले उद्घाटन गरे । उद्घाटन समारोहमा वोल्दै गाउको बिकासका लागी युवाहरुको सक्रियता आवश्यक हुने वताउदै यो पटक गाउमा आफ्नै ठाउको मानिसहरुलाई भित्रयाउने उद्देश्यले खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरेकामा आफु निकै खुसी भएको वताए । युवाहरु पलायन हुदा गाउमा बिकास नहुने भन्द्र ग्रामीण भेगमानै आर्थिक उपार्जनका लागी समेत आफ्नो वडाबाट विभिन्न युवा स्वरोजगारमुखी कार्यक्रमहरु आगामी दिनमा योजनाको रुपमा ल्याउने वताउदै अध्यक्ष गुरुङले प्रयत्नशील युवा क्लवलाई यो पटकको मेलाका लागी नगद ५० हजार वडाको तर्फबाट प्रदान गरिने समेत वताए । कृषी त्यसमा पनि बाख्रा पालनको पकेट क्षेत्रमा रहेको मौजा मोहोरियामा युवाहरुलाई उत्पादन मुखी काममा लाग्न समेत आफुहरुले आग्रह गरेको अध्यक्ष गुरुङको भनाइ रहेको थियो ।

    युवाहरु नहुदा पछिल्लो समय ग्रामीण भेगमा विभिन्न समस्याहरु उत्पन्न हुने गरेको र खेतीपातीका लागी समेत युवाहरु नहुदा जग्गा जमिन बांझो हुदै गएको वताउदै मोहोरियाटोल बिकास समितिका अध्यक्ष हरि प्रसाद गुरुङले यतिवेला युवाहरुले चालेको अभियानलाई आफुले सहयोग गरी ग्रामीण भेगको बिकासमा युवाहरुसंग सहकार्य गरि अगाडि वढ्ने वताउछन । बसन्त पञ्चमी मेलालाई आगामी दिनमा अझै युवाहरुलाई समावेश गरी थप मौलिकता प्रदान गरी पोखराबाट नजिक रहेको मोहोरियामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने गरी विभिन्न कार्यक्रमहरु गर्ने प्रयत्नशील युवा क्लवका अध्यक्ष सन्तोष भुजेलले वताए । गाउ प्रति युवाहरुको माया अझैपनि रहेकाले उनीहरुकै साथ र सहयोगमा गाउको बिकासका लागी प्रयत्नशील युवा क्लवले पहलकदमी थाल्ने उनको भनाइ रहेको थियो ।

    तीन दिन सम्म सञ्चालन हुने मेलामा पुरुष भलिवल प्रतियोगिता, भेट्रान्स बास्केटवल प्रतियोगिता संगै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमहरु हुने क्लवका सल्लाहकार तथा पूर्व अध्यक्ष खगेन्द्र गुरुङले वताए । गुरुङका अनुसार हाल सम्म पुरुष भलिवलमा ८ टीम र भेट्रान्स बास्केटवलमा ४ टीमले दर्ता गराइसहेका छन । खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने भेट्रान्स बास्केटवल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पा्रप्त गर्नेछनभने दोश्रो हुनेले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    भलिवल प्रतियोगिता तर्फ विभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडीहरुको पुरस्कारका लागी राष्ट्रिय भलिवल खेलाडी परीक्षा गुरुङले प्रायोजन गरेकी छिनभने बास्केट वलमा विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई लामा अमृत फाउण्डेशन घान्द्र्रुकका अध्यक्ष लामा अमृत गुरुङले प्रायोजन गरेका छन । खेलकुद संगै लोकदोहोरी कलाकारहरु लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्ष सुरेन्द्र गुरुङ, लोकदोहोरी गायिका सविना गुरुङ, सरिता सारु मगर लगायतको लोकदोहोरी तथा नृत्य तथा मोहोरिया गाउको म्युजिक भिडियोको कोरियोग्राफर पवित्रा गुरुङ लगायतको नृत्य संगै सांस्कृतीक कार्यक्रमहरु हुने समेत सल्लाहकार गुरुङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं