
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
गिता राना मगर, पोखरा ।
बसाइ सराइ र वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्न थालेपछि गाउका युवाहरु समेत पलायन हुन थाले, युवाहरुको अभावमा यतिवेला अधिकांश गाउहरु सुनसान जस्तै देखिन्छ । युवाहरु वैदेशिक रोजगार र अध्ययनका लागी शहर झर्न थालेपनि गाउहरु सुनसान छभने गाउमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रम तथा रमाइलो मेलाहरु समेत कमै मात्रामा हुन थालेका छन । त्यसैलाई मध्येनजर गरी कास्की पोखरा महानगरपालिका वडा नम्बर २० मोहोरिया गाउका केही युवाहरुले गाउमा मेलाको आयोजना गरेका छन ।
शहरमा बस्ने युवा र वैदेशिक रोजगारीमा रहेका युवाहरुको सहयोगमा मोहोरियामा रहेको प्रयत्नशील युवा क्लवले युवा तथा शहरमा बसेकाहरुलाई गाउमा भित्रयाउने उद्देश्यले वसन्त पञ्चमी मेलाको आयोजना गरेका हुन । पोखरा शहर देखी १३ किलो मिटर नजिकै रहेको मोहोरियामा बसाइसराई, वैदेशिक रोजगार र अध्ययनका क्रममा युवाहरु पलायन हुन थालेपछि गाउमा रहेका केही युवाहरुको पहलमा वसन्त पञ्चमी मेलाको आयोजना गरेका हुन । बजारमा बसोबास गर्नेहरुलाई गाउमा भित्रयाउने र युवाहरुलाई पनि गाउमा रहेको संस्कृतीको बारेमा जानकारी दिइ त्यसको जगेर्नाको लागी प्रयत्नशील युवा क्लवले आफ्नो २४ औ वार्षिकोत्सवको अवसर पारी ४४ औ वसन्त पञ्चमी मेलाको आयोजना गरेको क्लवका पूर्व अध्यक्ष उत्तम गुरुङले वताए ।
केही वर्ष पहिले बसन्त पञ्चमी मेला हुदा युवाहरुको सक्रियता र उपस्थिती बाक्लो हुने गरेको स्मरण गर्दै गुरुङ भन्छन पछिल्लो समय युवाहरु बजारमा अध्ययन गर्न जाने र विभिन्न चाडपर्वको समयमा मात्र गाउ आउने गर्छन त्यो निरन्तरतालाई अगाडि वढाउनका लागी मोहोरियामा जन्म भइ विभिन्न ठाउमा कर्मथलो गर्ने युवाहरुलाई गाउको बारेमा जानकारी गराइ गाउमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सकिन्छकी भन्ने अभिप्रायले आफुहरुले यो पटक फरक शैलीले बसन्त पञ्चमी मेलाको आयोजना गरेको वताउछन ।
गाउमा आयोजित बसन्त पञ्चमी मेलाको मंगलबार पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले उद्घाटन गरे । उद्घाटन समारोहमा वोल्दै गाउको बिकासका लागी युवाहरुको सक्रियता आवश्यक हुने वताउदै यो पटक गाउमा आफ्नै ठाउको मानिसहरुलाई भित्रयाउने उद्देश्यले खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरेकामा आफु निकै खुसी भएको वताए । युवाहरु पलायन हुदा गाउमा बिकास नहुने भन्द्र ग्रामीण भेगमानै आर्थिक उपार्जनका लागी समेत आफ्नो वडाबाट विभिन्न युवा स्वरोजगारमुखी कार्यक्रमहरु आगामी दिनमा योजनाको रुपमा ल्याउने वताउदै अध्यक्ष गुरुङले प्रयत्नशील युवा क्लवलाई यो पटकको मेलाका लागी नगद ५० हजार वडाको तर्फबाट प्रदान गरिने समेत वताए । कृषी त्यसमा पनि बाख्रा पालनको पकेट क्षेत्रमा रहेको मौजा मोहोरियामा युवाहरुलाई उत्पादन मुखी काममा लाग्न समेत आफुहरुले आग्रह गरेको अध्यक्ष गुरुङको भनाइ रहेको थियो ।
युवाहरु नहुदा पछिल्लो समय ग्रामीण भेगमा विभिन्न समस्याहरु उत्पन्न हुने गरेको र खेतीपातीका लागी समेत युवाहरु नहुदा जग्गा जमिन बांझो हुदै गएको वताउदै मोहोरियाटोल बिकास समितिका अध्यक्ष हरि प्रसाद गुरुङले यतिवेला युवाहरुले चालेको अभियानलाई आफुले सहयोग गरी ग्रामीण भेगको बिकासमा युवाहरुसंग सहकार्य गरि अगाडि वढ्ने वताउछन । बसन्त पञ्चमी मेलालाई आगामी दिनमा अझै युवाहरुलाई समावेश गरी थप मौलिकता प्रदान गरी पोखराबाट नजिक रहेको मोहोरियामा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने गरी विभिन्न कार्यक्रमहरु गर्ने प्रयत्नशील युवा क्लवका अध्यक्ष सन्तोष भुजेलले वताए । गाउ प्रति युवाहरुको माया अझैपनि रहेकाले उनीहरुकै साथ र सहयोगमा गाउको बिकासका लागी प्रयत्नशील युवा क्लवले पहलकदमी थाल्ने उनको भनाइ रहेको थियो ।
तीन दिन सम्म सञ्चालन हुने मेलामा पुरुष भलिवल प्रतियोगिता, भेट्रान्स बास्केटवल प्रतियोगिता संगै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमहरु हुने क्लवका सल्लाहकार तथा पूर्व अध्यक्ष खगेन्द्र गुरुङले वताए । गुरुङका अनुसार हाल सम्म पुरुष भलिवलमा ८ टीम र भेट्रान्स बास्केटवलमा ४ टीमले दर्ता गराइसहेका छन । खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने भेट्रान्स बास्केटवल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पा्रप्त गर्नेछनभने दोश्रो हुनेले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
भलिवल प्रतियोगिता तर्फ विभिन्न विद्यामा उत्कृष्ट हुने खेलाडीहरुको पुरस्कारका लागी राष्ट्रिय भलिवल खेलाडी परीक्षा गुरुङले प्रायोजन गरेकी छिनभने बास्केट वलमा विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई लामा अमृत फाउण्डेशन घान्द्र्रुकका अध्यक्ष लामा अमृत गुरुङले प्रायोजन गरेका छन । खेलकुद संगै लोकदोहोरी कलाकारहरु लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्ष सुरेन्द्र गुरुङ, लोकदोहोरी गायिका सविना गुरुङ, सरिता सारु मगर लगायतको लोकदोहोरी तथा नृत्य तथा मोहोरिया गाउको म्युजिक भिडियोको कोरियोग्राफर पवित्रा गुरुङ लगायतको नृत्य संगै सांस्कृतीक कार्यक्रमहरु हुने समेत सल्लाहकार गुरुङले जानकारी दिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया