SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
    ९७१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर दङ्गाग्रस्त क्षेत्र घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ः३० बजेदेखि वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इलाम, पश्चिममा वाङ्गेसिम, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा ५०० मिटरको दूरीसम्म दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो । स्थानीय प्रशासन ऐन (संशोधनसहित), २०२८ को दफा ६ बमोजिम जिप्रकाले निषेध गरिएको क्षेत्रभित्र कोही कसैलाई आवतजावत गर्न, भेला वा जम्मा हुन वा अन्य कुनै पनि काम गर्न नपाउने गरी दङ्गाग्रस्त क्षेत्र घोषणा आदेशको सूचना जारी गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक मंगलबार बिहान ८ः३० बजे महावै गाउँपालिका–३ सिमखेत घर भएका २१ वर्षीय केशरबहादुर सिंहको भे १ ख २२४२ नं को टिपरले किचेर भएको मृत्यु भएपछि उत्तेजित भिडबाट तोडफोड, आगजनी र धनजनको क्षति हुने सम्भावित खतराबाट सुरक्षा स्थितिलाई नियन्त्रण लिन दङ्गाग्रस्त क्षेत्र घोषणाको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दङ्गाग्रस्त क्षेत्र घोषणा आज बिहान ६ बजेसम्म जारी गरिएको हो ।

    यो बीचमा एक युवतीले आत्मह’त्या गरेको खबर बाहिर आएको छ । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्मह’त्या गरेकी हुन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झु’ण्डिएर आत्मह’त्या गरेकी हुन् । कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं