SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१४ गते
    ७२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशसभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय सहर पोखराको सडकका मगन्ते नियन्त्रण गर्न माग गर्नुभएको छ । सोमबार गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशनको सातौ बैठकको विशेष समयममा बोल्दै सभापति कोइरालाले पोखराको मुख्य मुख्य चोकहरु र पर्यटकीय क्षेत्र लेकसाइडमा मगन्तेहरुको कारण पोखराको सन्देश बाहिर राम्रो नगएको बताउनु भयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पोखरा शुन्दर छ भन्दै धेरै देशका पर्यटक पोखरा आएका छन् तर मगन्तेहरुले नाङगै बसेर पर्यटकलाई पच्छाउन,े रुने, पैसा माग्ने जस्ता क्रियाकलाप गर्दा देशकै इज्जत जाने गरेको बताउनु भयो । पोखरामा यसरी माग्न बस्नेहरु ९० प्रतिशत भारतीय नागरिक रहेको भन्दै कोइरालाले सडकका मगन्तेलाई नियन्त्रण गर्न सभामुख मार्फत प्रदेश सरकारसंग माग गर्नुभयो ।

    वेलैमा नसोच्नेहो भने यसले विकराल रुपलिन सक्ने भएकोले सवै सचेत हुनुपर्ने उहाँको भनाई थियो । पोखरा घुम्न आउने पर्यटकले आफ्नो देशमा पुगेर पोखराको बारेमा दिने सकारत्मक, नकारात्मक सन्देशले त्यस देशबाट नेपाल घुम्न आउने नआउनेको सख्यामा घटी बढी हुन सक्ने भएकोले सानो सानो कुरामापनि ध्यान दिन आग्रह गर्नुभयो ।

    प्रदेश सरकारलाई पोखरा महानगर पालिकासंगको सहकार्यमा सडकबाट मगन्ते हटाउन आग्रह गर्नुभयो । कोइरालाले भिजिट भिजामा आएका पर्यटकले लेकसाइडमा ब्यपार गरेको कुरा आफुले सदनमा यस अगाडी उठाएको स्मरण गराउदै प्रदेश सरकारले चासो दिएर हटाउने कार्य गरेको पनि बताउनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं