SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    ७७० &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगीर्ण विकासका लागि जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत आइतवार विदेशीको समेत सहभागिता रहयो। यज्ञमा आइतवार जर्मनी, फ्रान्स तथा अमेरिकाका नागरिकले सहभागिता जनाएका हुन् ।आयोजकले रामनामानी तथा खादाले स्वागत गर्दा उनीहरु दङग परेका थिए । आइतवारसम्म कुल रु.१३ लाख २६ हजार ७ सय १६ दान संकलन भएको छ।जसमध्ये आइतवार तिलबहादुर खत्री थापाको परिवारबाट एकमुष्ठ रु. ५२ हजार ५ सय ५ दान सहयोग प्राप्त भयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यस्तै पत्थर निवासी भेषराज पौडेलको परिवारबाट ५० हजार ५ सय ५५, सामाजिक वातावरणीय आमा समूह अन्नपूर्ण ३ बाट रु.२५ हजार २ सय ३०, माझथोक निवासी चन्द्रकली पौडेलको परिवारबाट रु.२५ हजार १ सय पाँच लगायत थुपै व्यक्ति एवम् संघसंस्थाले नगद तथा जिन्सी सहयोग गरेका छन्।यज्ञ अन्र्तगत शिवमहापुराणको कथा वाचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चौरासी पुजा, चण्डिपाठ लगायतका कार्यक्रम भइरहेका छन् ।

    जस मार्फत संकलित रकमबाट मन्दिरको पुनःनिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको छ। यहि माघ १८ गतेसम्म चल्ने यज्ञमा भागवत् भाष्कर प.कमलनयन गौतमले नियमित कथा प्रवचन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं