
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पदम श्रेष्ठ, पोखरा । पोखराबाट करिब २५ किलोमिटरको दुरीमा अवस्थित पर्यटकीय क्षेत्र मादी गाउपालिका वडा नं. २ ताङतिङमा मुद्रण उद्योग संघ कास्कीको १० औं साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि मादी गाउपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम) ले दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। गुरुङले ताङतिङ पर्यटकीय क्षेत्रको रुपमा अब्बल रहेको तर प्रचार–प्रसारको अभावले गर्दा पछि परेको जानकारी गराएका थिए।
आफूले मादिको माथिल्लो भेगलाई पर्यटकीय क्षेत्र बनाउने र तल्लो भेगमा कृषिको प्रचुर सम्भावना भएको हुँदा कृषी क्षेत्रको विकासको गुरुयोजना बनाइसकेको जानकारी गराएका थिए। सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मादी गाउपालिकामा पाइने स्थानीय खानाको परिकार तथा स्थानीय लोकभाकामा नाचगान सहित सांगेतिक मनोरञ्जन गराउने समेत बताएका छन्।प्रतिक अफसेट प्रेसका सञ्चालक पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, गोर्खाली अफसेट प्रेसका सञ्चालक जिवन गोर्खालीले महासचिवको प्रतिवेदन र कोहिनुर अफसेट प्रेसका बसन्त बाँस्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठले भावी १ वर्षमा सम्पन्न गर्ने कार्ययोजनाहरुमा जिल्लाका सम्पूर्ण मुद्रण उद्योग व्यवसायीहरुको अफिसियल डकुमेन्टेशन राख्ने, स्मारिका प्रकाशन गर्ने, इष्टिमेट सफ्टवयर तयार गर्ने र इष्टिमेट डायरी प्रकाशन गर्ने घोषणा गर्नुका साथै विभिन्न उपसमिति संयोजक तोकिसकिएको बताएका थिए। आफ्नो कार्यकालमा सम्पन्न भएका सम्पूर्ण कार्यक्रमहरु जानकारी गराएका थिए।
त्यसैगरी ताङतिङ होमस्टेकी अध्यक्ष पशमाया गुरुङले पाहुनाहरुलाई ताङतिङको अवस्मरणीय यादहरु सदा आउने गरी खुसी बनाई पठाएको बताएकी थिइन्। “यहाँ एक पटक आइपुगेका पर्यटकहरुले आफ्नो ठाउँमा गएपछि पुन अरुलाई ताङतिङ घुम्नको लागि प्रोत्साहन गरेको समेत जानकारी गराएकी थिइन्।”
मुद्रण उद्योग संघ कास्कीका तृतीय उपाध्यक्ष सुवास सिग्देलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने मुद्रण उद्योग संघ कास्कीका सल्लाहकार देवी अर्याल, प्रथम उपाध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण), का.स.सदस्य तथा उद्योग वाणिज्य संघ कास्कीका सदस्य दिनेश बास्तोला, सहसचिव तथा साधारणसभा कार्यक्रम संयोजक निरन्जन बजिमया, साधारण सदस्य विश्व प्रधान लगायतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।मुद्रण उद्योग संघ कास्कीमा सदस्यता लिएका नयाँ सदस्यहरु रोशन आचार्य, विश्व प्रधान र सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो।
भ्रमण वर्ष २०२० लाई सम्पन्न गर्ने तथा संस्थालाई सुदृढ बनाई अगाडि बढाउने उद्देश्यका साथ ताङतिङ होमस्टेमा साधारणसभा तथा बनभोज कार्यक्रम राखिएको बनभोज कार्यक्रमका संयोजक तथा मूल्य निर्धारण उपसमिति संयोजक कृष्ण रञ्जितले जानकारी गराएका थिए। कार्यक्रम सञ्चालक महासचिव जिवन गोर्खालीद्वारा सञ्चालित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष पदमलाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया