SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    ६४५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । रुपा ठकुरी समाज कास्कीको प्रथम वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम रुपा गाउँपालिका स्थित खाल्टेमा शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिका प्रमुख नवराज ओझाले उद्घाटन गर्दै रुपा गाउँपालिकामा कुनै पनि समुदायले दिर्घकालिन महत्वका कार्यहरु गर्नुपर्ने वताउँदै आय आर्जन गर्न सकिने बहुउध्येश्यीय भवन वनाउनु पर्ने वताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले आफु निर्वाचित हुने वेलामा एक किमि पनि सडक पिच नभएकोमा आगामि वर्ष करिब ९० किमि सडक पिच हुने वताउँदै सामुहिक रुपमा धेरै परिणाममा उत्पादन गर्न सबैले जोड दिनु पर्ने वताए । कार्यक्रममा ठकुरी समाज महासंघ नेपालका उपाध्यक्ष टुकबहादुर हमालले ठकुरीहरुलाई राज्यले अन्यमा राखेर अन्याय गरेकोले सबै ठकुरी जाती एक हुनु पर्नेमा जोड दिदैं ठकुरी समाजहरु जुन नाममा एकतावद्ध भएता पनि महासंघसंग आवद्ध हुनुपर्ने वताए ।

    सो अवसरमा रुपा ४ का अध्यक्ष मुकुन्द वंशीले रुपा गाउँपालिकाको ४ नं. वडामा ठकुरीहरुको जनसंख्या ३२ प्रतिशत रहेको वताउँदै गाउँपालिकाले वजेट कार्यान्वयन गर्दा ठकुरीहरुको महत्वपुर्ण भूमिका हुने वताउँदै सम्पुर्ण जातजातीको हितमा ठकुरी लाग्नु पर्ने वताए । कार्यक्रम रुपा ठकुरी समाजका सल्लाहकार मुमबहादुर शाही तथा पदाधिकारीहरु विमला मल्ल, राजेन्द्र सेन, यजुराज सिंहलगाएतले समाजका गतिविधिहरुको वारेमा वोलेका थिए ।

    कार्यक्रममा रुपा ठुकरी समाजका सदस्यहरुले आफ्नो पुर्खाहरुले गाउँदै आएको हाल लोपोन्मुख रहेको कृष्ण चरित्र नृत्य जुमबहादुर शाहीको नेर्तत्वमा देखाएका थिए भने कलाकारहरु शिवहरी ढुंगाना, माया गुरुङ, छवि घर्तिमगर, संजिव ठकुरी, ससीता तामाङका साथै त्रिवेणी संगितालय पोखराका कलाकारहरु सुनिल वराल, सुदिक्षा लामिछाने, योगेश गौतम र संगीता गायक लगाएतले विभिन्न साँस्कृतिक प्रस्तुति रहेको थियो । समाजका अध्यक्ष भिमसेनजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं