SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    १५१८ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा ।
    आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले युनाईटेड क्लवको पहलमा पोखराको ३०, ३१ र ३२ मा रहेको पचभैया, चैनपुर चायापानी सामुदायिक बनमा निर्माणाधिन पोखरा जुलोजिकल पार्क गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेकाले यसको निर्माणलाई पूर्णता दिन प्रदेश सरकारले अपनत्व लिएर काम गर्ने उनको भनाइ रहेको थियो ।पोखरामा आयोजना हुने मेला महोत्सवले पोखराको आर्थिक विकासमा टेवा पुग्ने वताउदै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पोखरा महोत्सवको मुख्य प्रायोजक हिम श्री फुड्सका बजार ब्यवस्थापक गोपाल केसीले पोखरा महोत्सवलाई विगतका वर्षहरुदेखी सहयोग गर्दै आएको र दशौ संस्करणमा आइपुग्दा आफुहरुले मुख्य प्रायोजकको रुपमा रही युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वताए ।महोत्सवको समान समारोह आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियोभने क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

    प्रमुख अतिथी गुरुङ संगै, क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल सहित क्लवका पदाधिकारीहरुले संयुक्त रुपमा दशौ पोखरा महोत्सव २०७६ वाई वाई एघारौ पोखरा महोत्सव २०७७ हाइ हाइ भन्ने ब्यानर जडित बेलुन उडाएर महोत्सवको समापन गरिएको थियो ।

    पुसको २९ देखी माघको १२ सम्म १३ दिन सञ्चालित महोत्सवमा दर्शकको उल्लेख्य साथ रहयो । महोत्सव अवधिभर करिव तीन लाख दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरे भने करौडौको ब्यापार भयो । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहयो भने हास्यब्यङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहयो ।

    महोत्सव स्थल भित्र रहेको होमस्टेको प्रवद्र्धनका लागी राखिएको लम्जुङको पुरानोकोट होमस्टेको ब्यापक प्रचार समेत भयो । महोत्सवमा राखिएको थप आकर्षकको रुपमा रहेको पोखरा भ्यु टावरबाट दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यसैगरी महोत्सवमा प्रदर्शनमा राखिएको शिक्षा मुलक सन्देश प्रदान गर्ने कखरा वृत्तचित्रले दर्शकको मन जित्न सफल भयो ।

    महोत्सवको अन्तिम दिन लोकदोहारीबाट ख्याति कमाएकी कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरी घम्साघम्सीमा दर्शकले भरपुर मनोरन्जन लिए । घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिएभने संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती र सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुतीमा युुवाहरु झुमेर नाचे । महोत्सवबाट आम्दानी भइ बचेको रकमबाट युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको क्षेत्रमा पोखराको लेखनाथ पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्क निर्माण र सेती नदी संरक्षणमा खर्चिदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं