
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गिता राना मगर, पोखरा ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले युनाईटेड क्लवको पहलमा पोखराको ३०, ३१ र ३२ मा रहेको पचभैया, चैनपुर चायापानी सामुदायिक बनमा निर्माणाधिन पोखरा जुलोजिकल पार्क गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेकाले यसको निर्माणलाई पूर्णता दिन प्रदेश सरकारले अपनत्व लिएर काम गर्ने उनको भनाइ रहेको थियो ।पोखरामा आयोजना हुने मेला महोत्सवले पोखराको आर्थिक विकासमा टेवा पुग्ने वताउदै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।
पोखरा महोत्सवको मुख्य प्रायोजक हिम श्री फुड्सका बजार ब्यवस्थापक गोपाल केसीले पोखरा महोत्सवलाई विगतका वर्षहरुदेखी सहयोग गर्दै आएको र दशौ संस्करणमा आइपुग्दा आफुहरुले मुख्य प्रायोजकको रुपमा रही युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वताए ।महोत्सवको समान समारोह आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियोभने क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।
प्रमुख अतिथी गुरुङ संगै, क्लवका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल सहित क्लवका पदाधिकारीहरुले संयुक्त रुपमा दशौ पोखरा महोत्सव २०७६ वाई वाई एघारौ पोखरा महोत्सव २०७७ हाइ हाइ भन्ने ब्यानर जडित बेलुन उडाएर महोत्सवको समापन गरिएको थियो ।
पुसको २९ देखी माघको १२ सम्म १३ दिन सञ्चालित महोत्सवमा दर्शकको उल्लेख्य साथ रहयो । महोत्सव अवधिभर करिव तीन लाख दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरे भने करौडौको ब्यापार भयो । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहयो भने हास्यब्यङ्ग्य कलाकारहरुको बेजोड प्रस्तुती रहयो ।
महोत्सव स्थल भित्र रहेको होमस्टेको प्रवद्र्धनका लागी राखिएको लम्जुङको पुरानोकोट होमस्टेको ब्यापक प्रचार समेत भयो । महोत्सवमा राखिएको थप आकर्षकको रुपमा रहेको पोखरा भ्यु टावरबाट दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यसैगरी महोत्सवमा प्रदर्शनमा राखिएको शिक्षा मुलक सन्देश प्रदान गर्ने कखरा वृत्तचित्रले दर्शकको मन जित्न सफल भयो ।
महोत्सवको अन्तिम दिन लोकदोहारीबाट ख्याति कमाएकी कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरी घम्साघम्सीमा दर्शकले भरपुर मनोरन्जन लिए । घिमिरे र लम्साल संगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिएभने संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती र सांझको पप तथा लाई कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुतीमा युुवाहरु झुमेर नाचे । महोत्सवबाट आम्दानी भइ बचेको रकमबाट युनाईटेड क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको क्षेत्रमा पोखराको लेखनाथ पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्क निर्माण र सेती नदी संरक्षणमा खर्चिदै आइरहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया