SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१३ गते
    ६४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले विमाको रकम घरमै गएर हस्तान्तरण गरेको छ । कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलले पर्बत जिल्ला मोदी गाउँपालिका वडा नं ७ राम्जा देउराली बस्ने स्वर्गिय उदयबहादुर क्षेत्रीको श्रीमति पार्वती क्षेत्रीलार्ई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उक्त कार्यक्रममा कम्पनीको पोखरा क्षेत्रीय कार्यालयका मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेना, अधिकृत प्रकाश रेग्मी, बाग्लुङ शाखा प्रमुख विष्णुप्रसाद तिवारी, एजेन्सी मेनेजर राजन शर्मा लगायतले आफ्नो भनाई राखेका थिए। स्वर्गिय क्षेत्रीले १० लाख रुपैयाँको बैदेशिक रोजगार म्यादी बीमा गरेकामा २०७६ कार्तिक ४ गते बैदेशिक रोजगारको सिलसिलामा कतारमा दुर्घटनामा परी मृत्यु भएको थियो।

    त्यसै गरी सोही जिल्ला बनौ–१ बस्ने स्वर्गिय रामप्रसाद फकामी पुन मगरको श्रीमती यामकुमारी पुन मगरलाई चौध लाख हस्तान्तरण गरिएको कम्पनीको क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले वताएका छन् । मगरले पनि १० लाखको बैदेशिक रोजगार म्यादी बीमा गरेकामा बैदेशिक रोजगारीको सिलसिलामा २०७६ साउन २५मा बिरामीको कारणबाट साउदी अरेबियामा मृत्यु भएको उनले वताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं