
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सबै नागरिकलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित २९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सभापति केसीले कार्यरत कर्मचारीलाई व्यवस्थापनले समान व्यवहार गर्न सक्नु पर्ने बताए । उनले खानेपानी संस्थानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई विभेद भए सिंगो कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उपभोक्ता मैत्री बन्न कार्यालयलाई अनुरोध गर्दै जनताको सेवामा तल्लिन हुन कर्मचारीलाई अनुरोध गरे ।
खानेपानी संस्थान कर्मचारी संघका इकाई अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा कस्की सभापति केसीले कर्मचारी व्यवस्थापन, कार्यालय स्थानान्तरण, ऐन तथा विनियमावली लेखनजस्ता विषयमा छलफल गरेर अघि बढ्न संस्थान नेतृत्वलाई सुझाव दिए । कार्यरत कर्मचारीलाई पाखा लगाउँदै आस्थाका आधारमा श्रमिकलाई हेरिने परिपाटी संस्थानमा हिजादेखि नै भएकामा चिन्ता व्यक्त गरे ।
नेता केसीले हचुवाको भरमा गरिने हरेक निर्णयले आघात पुग्ने भन्दै संवेदनशील क्षेत्र खानेपानीमा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखे । संस्थान संरक्षणमा जोड दिँदै कर्मचारीका जाहेज मागका कांग्रेस प्रतिवद्ध भएर उभिने बताए । कार्यक्रममा नेपाल खानेपानी संस्थान सञ्चालक समितिका निवर्तमान अध्यक्ष डा. परमेश्वर पोखरेलले कांग्रेस सरकारमा हुँदा कर्मचारीको सेवामा धोका नदिएको बताए । कांग्रेस नेता पोखरेलले आफू अध्यक्ष रहँदा संस्थान नीति, कर्मचारीलाई दुख तथा कार्यालयको अहित कहिल्यै नगरेको बताए । डा. पोखरेलले कार्यरत कर्मचारीको रोजगारमाथि कसैले खेलवाड गर्न नहुने बताउँदै कर्मचारी संघलाई अगुवाई गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीले संस्थानमा यतिका वर्षसम्म करार र ज्यालादारीमा मजदुर रहनु व्यवस्थापनको कमजोरी भएको बताए । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव केदार धमलाले समस्या समाधानमा संस्थानमा क्रियाशील युनियनको एकतामा जोड दिए । धमलाले संस्थानमा लामो सयम करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी गरिनुको विकल्प नभएको भन्दै रोजगारको ग्यारेन्टी गरिनुपर्ने बताए ।
कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं अनिवार्य अवकास प्राप्त कर्मचारीकातर्फबाट उदयराज अधिकारीले कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन खोज्नु नकारात्मक भाव भएको बताए । अधिकारीले संस्थानको भविष्यसँग खेलवाड गर्न नहुने बताउँदै समस्यामा सबै कर्मचारी एकहुन आग्रह गरे । नेपाल खानेपानी संस्थान कर्मचारी संगठन पोखराका प्रतिनिधि झलकराम अधिकारीले संघको इतिहाँस मिलेरै जाने आफूले पाएको भन्दै कसैले जागिर खाँदा कसैले रुँदै जानेस्थिति आउन नहुने धारणा राखे ।
कर्मचारी संघ इकाई समितिका सहसचिव भोजराज चापागाइँले सञ्चालन गरेको सभामा सदस्य अनील शर्मा सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्की, प्रस्तावित विजयपुर शाखाका प्रमुख राकेश गोइत, संस्थान हेमजा शाखा प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख दिपेश्वर मण्डल लगायतले विभिन्न सुझाव दिएका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया