SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
    ८२९ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । २८५६ औं मञ्जुश्री संवत सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग सेवा समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले निर्मार्ण गरेको रिञ्छिनतोर्जेट तामाङ्ग शान्ती गुम्वामा आयोजित शुभकामना कार्यक्रममा बैदाम तामाङ्ग सेवा समाजमा आवद्ध तामाङ्ग समुदायको उपस्थिती रहेको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा दुष्टिबिहिनहरुलाई ल्होसारको सन्दर्भमा सेतो छडीतथा रु १० हजार सहयोग प्रदान गरिएको थियो । रु ५ हजार बैदामतामाङ्ग सेवा समाजको तर्फ बाटप्रदानगरिएको थियो भने रु ५ हजार हालै सम्पन्न मिस तामाङ्ग पोखरा २०२० काविजेता शशिकला तामाङ्गले व्यक्तिगतप्रदान गरेकाथिए । अपाङ्गमैत्री संघ कास्कीलाई उक्त सहयोग प्रदान गरिएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालतामाङ्ग घेदुङ्ग गण्डकीका अध्यक्ष हरिजंग तामाङ्गले ल्होसार एकताको चाड भएको बताए । उनले भाषा र संस्कृतिले नै जातीको अस्तित्व बचाइ राख्ने हुँदायसको जगेर्नाकालागि सबै तत्पर हुनुपर्ने बताए । समाजका अध्यक्ष ज्याक तामाङ्गले समाजले तामाङ्ग समुदायको भाषा र संस्कृतिको जगेर्ना मात्रै होइन पर्यटकिय नगरी पोखरामा पर्यटकलाई आकर्षित गर्न गुम्वातथाध्यान केन्द्र निर्माण गरेको सुनाए । उनले ल्होसारले सम्पुर्ण नेपालीलाई एकताको सुत्रमा बाँधी राखोस भनी शुभकामना दिएका थिए ।

    हेल्पिङ्गह्याण्डका अध्यक्ष दिनेश थापाले छिमेकी देश चिनबाट फैलिएको कोराना भाइरसका बारेम ाबोलेका थिए । उनले यस संक्रमण, लक्षण र रोकथामका उपायका बारेमा जानकारी गराएका थिए । उनले ल्होसारको शुभकामना दिंदै सबैको सुस्वास्थ्यको कामना गरे । मिस तामाङ्ग पोखरा शशिकला तामाङ्गले युवा पुस्तामा साँस्कृतिक जागरणको आवश्यकता रहेको बताइन् । कार्यक्रम संचालन समाजका उपाध्यक्ष जयन्ती मोक्तानले गरेकीथिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं