SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१२ गते
    ३७५८ &#२३४६;&#२३३५;&#२३२५;

    राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न दाङ आएकी पूर्वसभामुख ओनसरी घर्ती निर्वाचन सकेर शुक्रबार बिहानै दाङस्थित टरिगाउँ एयरपोर्टमा पुगिन्। उनको ८:४५ बजेको काठमाडौं फर्किने फ्लाइट थियो।nउनी प्लेन चढिन्। प्लेन स्टार्ट पनि भयो। धावनमार्गमा गुड्यो पनि। प्लेनका सदस्यले घर्ती लगायत विमान भित्रका यात्रुलाई स्वागत गर्दै चकलेट बाँडे। घर्तीले चकलेट खाइसकेकै थिइनन्। प्लेन उडेन, धावनमार्गमा गुडिरह्यो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उड्नुपर्ने प्लेन फेरि पहिले गुडेकै ठाउँमा आएर पार्किङ भयो। त्यसपछि विमानका कर्मचारीले घोषणा गरे- प्राविधिक कारणले प्लेन उड्न सक्दैन। प्लेनको एउटा पंखा नै नचलेको हुँदा उडान हुन नसकेको भन्ने जानकारी पूर्वसभामुख घर्तीलाई चालक दलका सदस्यले अवगत गराए। उनी अर्को प्लेन कुर्न विमानस्थलमै बसिन्।उता विमान यात्रुको प्रतीक्षालयमा घोराही उपमहानगरपालिका वडा नं. १४ की केशरी अधिकारी ऐया आत्थु गर्दै छटपटाइ रहेकी थिइन्। उनी पति हुमकान्तसँग उपचारको लागि पूर्वसभामुख घर्ती उड्न लागेकै प्लेनमा काठमाडौं जान बिहानै एयरपोर्ट आएकी रहिछन्।

    दाँत र पेटकी बिरामी केशरी चक्कर लागेर भुइँमा बसेकी थिइन्। बान्ता हुन थालेपछि बाहिर दौडिन्थिन्। बिरामी पत्नीको अवस्था नियाली रहेका हुमाकान्त चिन्तित देखिन्थे।‘मेरी पत्नीको अवस्था गम्भीर भयो भने त्यसको जिम्मेवारी के सरकारले लिन्छ?,’ हुमाकान्तले प्रश्न गरे ‘यस्तो दुर्दशायुक्त रूपमा एयरपोर्ट चलाउँदा सारा दंगालीले दुःख भोग्नु परेको छ।’

    त्यतिखेर दिउँसोको २ बजिसकेको थियो। उनले राज्यले गर्नुपर्ने व्यवस्था समेत नगरेको भन्दै आ क्रोश पोखे। ‘कमसेकम यो एयरपोर्टको धावन मार्ग विस्तार गरेपछि ठूला प्लेन चल्थे र यात्रुले दुःख पाउने थिएनन्।’राज्यसँग पैसा नभए जनतासँग उठाउन सक्ने उनले तर्क गरे। उनले आफूहरूको पालामा मन्दिर, क्याम्पस र विश्वविद्यालय स्थापना गर्दा पैसा संकलन गरेर वा जग्गा दान गरेर ती स्थापना गरेको स्मरण गरे। श्रोत सेतो पाटि

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं