
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपनि दुवै पार्टी भित्रैबाट मिल्न नसकेका संकेत पटक–पटक देखिने गरेका छन् । सभामुख निर्वाचन प्रक्रिया अगाडि बढिसकेर पूर्व माओवादी नेता अग्नि सापकोटा निर्विरोध सभामुख हुने सुनिश्चित भइसकेको बेला पूर्व एमाले समूहका मानव अधिकारकर्मीहरू सल्बलाउन थालेका छन् ।
त्यसको मुख्य अखडा बनेको छ, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यालय शितलनिवास ।प्रचण्डका खास मान्छे तथा विश्वासपात्र अग्नि सापकोटा सभामुख हुने निश्चित भएपछि त्यसलाई रोक्न भन्दै राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा नै दिएर चर्काे विरोधमा उत्रिएका छन् । आगामी माघ १२ गते सापकोटा सभामुख घोषणा हुनुअघि पूर्व एमाले समूहका मानव अधिकारकर्मीले उनलाई रोक्न थुप्रै प्रयास गर्ने संकेत देखिएको छ ।
प्याकुरेलले स्पष्ट रुपमै राजीनामा दिनुको कारणबारे खुलाउँदै सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । ‘भोलि अग्नि सापकोटा सभामुख भएपछि शीतलसनिवासमै शपथ खुवाउनुपर्छ,’ प्याकुरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘हिजो आफैंले मुद्दा हालेका व्यक्तिलाई कसरी गर्न खुवाउनु ?’राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले राजीनामा मात्रै दिएका छैनन्, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यो सापकोटालाई सभामुख हुन नदिने वा भइहाले पनि द्वन्द्वकालीन मुद्दामा फसाउने तयारीका साथ डिजाइन बनाउन लागिएको चर्चा नेकपा वृत्तमा चलेको छ ।
त्यतिबेला १७ हजार मान्छे मर्ने गरी भएको माओवादी विद्र्रोहबाट आएका सापकोटा सहितका नेताविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग रहेको छ । लामाकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध जाहेरी दिएकी छन् ।२०७२ चैत २६ गते मानव अधिकारकर्मीको तर्फबाट सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर गरिएको रिटमा प्याकुरलेको नाम समेत छ । उतिबेला सापकोटाविरुद्ध खुलेरै लागेका प्याकुरेलले यो मुद्दा त्यसै नछाड्ने संकेत देखाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा स्वीकृत गर्दै प्याकुरेललाई प्रचण्डका खास मान्छे सिध्याउने अभियानमा सक्रिय हुन सहज बनाइदिएकी छन् । उनको राजीनामा शुक्रबार नै स्वीकृत भएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवका सल्लाहकारले समेत राजीनामा दिएपनि स्वीकृत नभएको ताजा इतिहास रहेको बेला राष्ट्रपति भण्डारीले तत्कालै राजीनामा स्वीकृत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सापकोटा प्रकरण थप जटिल बन्दै जाने अनुमान नेकपाभित्र सुरू भएको छ ।मिडिया डवलीबाट लिइएको ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया