SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१० गते
    ३३१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आउन गरेको आग्रहलाई ठाडै अस्विकार गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भट्टराईसँगै अशोक राईलाई नेकपामा आउन आग्रह गरेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रचण्डले भट्टराई, उपेन्द्र यादव र राईलाई स-साना चुल्हो चौकामा बसेर झमेला गर्नुभन्दा नेकपामै आउन आग्रह गरेका थिए । तर, बाबुरामले भने सामाजिक संजालमा यसको कडा जवाफा फर्काएका छन् । भट्टराईले विहिबार ट्वीटर मार्फत जवाफ फर्काउँदै प्रचण्ड आफैं केपी शर्मा ओलीको पिंजडामा फसेको बताएका छन् ।

    उनले शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बुटवाको सिकार गरे झैं खड्गप्रसादको पिंजडामा प्रचण्ड आफैं छटपटाइरहेका बेला हामीलाई पनि पिंजडामा आउन आग्रह गरेको बताएका छन् । बाबुराम भट्टराईले ट्वीटर मार्फत गरेको उक्त ट्वीट सामाजिक संजालमा भाइरल भइरहेको छ ।

    यस्तो छ उनले गरेको ट्वीट- ‘पंचतन्त्रको ‘कंकड लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरे झैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँगसकस्लाई दिने वर……?,’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं