SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    ८७६५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका सांसद एवम् पूर्वगुण्डा नाइके दीपक मनाङे पोखरामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट पक्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृतिपछि पक्राउ गरेको एसपी कार्कीले बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    पूर्वगुण्डा नाइके समेत रहेका नेकपाका प्रदेश सांसद मनाङेले आफ्नो पदीय हैसियतलाई बेवास्ता गरेर गण्डकी प्रदेश अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष दीपक गुरुङलाई मुक्का हानेका थिए ।पूर्व गुण्डा नाइके मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेश एन्फाका अध्यक्ष गुरुङलाई आफूले हातपात र कुटपिट गरेको स्वीकार गरेका थिए ।

    पूर्व गुण्डा नाइके मनाङेले नेपाल प्रहरीलाई सिधै चुनौती दिएर आफूलाई सक्ने भए कारबाही गर्न भनेका थिए । मनाङेले दिएको चुनौतीको २४ घण्टाभित्रै कास्की प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।प्रदेश सभाको निर्वाचनका बेला तत्कालीन एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका मनाङे केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए । मनाङेको विगतका काण्डहरू सर्वसाधारणले भुल्दै गएका बेला पुनः पोखरामा एन्फाका अध्यक्ष गुरुङलाई कुटेर आफू नसुध्रिएको संकेत दिएका छन् ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट रहेको बताउने पूर्व गुण्डा नाइके समेत रहेका प्रदेश सांसद मनाङेलाई कास्की प्रहरीले त्यत्तिक नछाड्ने संकेत गरेको छ । सांसद हुँदा पनि सुध्रिन नसकेका मनाङेका दिन फेरि पनि तनावपूर्ण हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं