SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/९ गते
    १९८२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा शिथिल भईसकेको टिप्पणी गरेका छन् । उनले विगतमा गरेको राजनीतिका कारण प्रचण्ड थाकेर एमाले नाम गरेको चौतारीमा विश्राम लिन गएको टिप्पणी गरेका हुन् । निक्कै खरो रुपमा उत्रिएका भट्टराईले सरकारले अवौं भ्रष्टाचार गर्दा पनि पोखराका सुकुम्बासीको समस्या समाधान गर्न नसकेको भन्दै कटाक्ष गरेका थिए । पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्ने नत्र देश भ्रष्ट्रहरुको चंगुलबाट माथी नउठ्ने उनको दावी छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘ठेक्कापट्टा गर्नेहरु, कमिशन खोरहरु र रातारात भ्रष्टाचार गरेर धनी हुनेहरुले मात्रै चुनाव जित्ने जुन अवस्था बन्यो । त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र सबै जाति क्षेत्र समुदायको समानुपातिक प्रतिनिधित्व हुने संसदले राजनीतिक स्थिरता र दीगो विकासको आधार तयार गर्छ भन्यौं । तर यो संंविधानमा समेटिएन,’

    उनले भने, ‘यस्ता त्रुटीहरु संविधानमा भएकै कारण विभिन्न दलमा भएका मान्छेहरुले बाँकी कामलाई पूरा गर्दै शासकीय स्वरुपलाई परिवर्तन गर्ने, पहिचान सहितको संघीयता स्थापित गर्ने र लोकतन्त्रलाई पूर्णता दिन समाजवादी धार अघि सारेका हौं ।’ काँग्रेस र एमालेलाई पटक पटक ब्यहोर्दा पनि परिवर्तन नभएका कारण आफुहरु विकल्पमा अघि सरेको उनको तर्क छ ।

    उनले नेकपा केही ठूलो जस्तो लागेपनि त्यो भ्रम मात्रै भएको टिप्पणी गरे । ‘गत निर्वाचनमा चरम राष्ट्रवादको नारा दिएर केपी ओलीको नेतृत्वमा नेकपा अगाडी आयो । मेरै मित्र प्रचण्ड जनयु द्धसँग थाकेर एमालेको चौतारीमा भारी बिसाउन जानुभो,’ उनले भने, ‘यसले केही ठूलो शक्ति जस्तो देखिन पुग्यो । जनताले त्यही भएर नेकपा डवललाई मत दिनुभो । तर दुई वर्षसम्म यो सरकारले केही दिन सकेन । त्यसैले अव भ्रममा नपर्नुस् ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं