SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/८ गते
    ३४३८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई आफूले नभइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने बताएका छन् । मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झपड हानेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार पत्रकारसम्मेलन गरेर मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन् ।मनाङ्गेले पनि पत्रकार सम्मेलन गरेका छन् र एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाए । ‘ठगलाई मैले झपड नहानेर मैले माला लगाइदिऊँ त ?’ उनले भने, यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।’

    गुरुङले भ्रष्टाचार गरेको भए कारबाही गर्ने निकाय छ नि भन्ने प्रश्नमा प्रदेशसभा सदस्य मनाङ्गेले भने, झापड पनि कानून हो । हिजो जनताले पूर्वप्रधानमन्त्रीलाई चप्पल हानेन । अनि मैले ठगलाई झपड हान्दा यत्रो ठूूलो विषय किन ?’

    झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं