SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    ९२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको शासनमा नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुगेको छ ।अर्थ मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार मंसिर महिनासम्म नेपालको ऋण १० खर्ब ९८ अर्ब पुगेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ऋणमध्ये ६ खर्ब ४६ अर्ब ९५ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ भने ४ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण रहेको जनाइएको छ । सरकारको ऋणलाई देशको कूल जनसंख्या २ करोड ९८ लाख ३० हजार ५ सय ४७ जनाले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ३६ हजार ८ सय ८ रुपैयाँ ऋण हुन आउँछ ।

    चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले १ अर्ब ९४ करोड आन्तरिक र ७ अर्ब ३० करोड बाह्य ऋण तिरेको छ । आन्तरिक ऋणको ८ अर्ब ८९ करोड रुपैयाँ र बाह्य ऋणको १ अर्ब ५० करोड रुपैयाँ ब्याज पछिल्लो ५ महिनामा सरकारले भुक्तानी गरेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं