SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    १५३२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका कमिटिले जलजला गाउँपालिकाको कार्यालय लामाखेत पर्वतमा सोमबार ज्ञापन –पत्र बुझाएको छ । पार्टीको पालिका कमिटि अध्यक्ष दिपक आचार्य सहितको टोलीले गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजालाई ज्ञापन – पत्र बुझाएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाह,विकास निर्माण र जनताको सरोकारका विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको पालिका कमिटि अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

    जनप्रतिनिधिहरुको मनोमानी बढेको,सेवाप्रवाहमा राजनीतिक आस्थाका आधारमा भेदभाव गरिएको लगायतका विषयहरुलाई तत्काल सुधार गर्न भन्दै नेकपाले १४ बुँदै माग राख्दै ज्ञापन पत्र बुझाएको हो । आफ्ना मागहरु पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने समेत नेकपाले चेतावनी दिएको छ ।

    गाउँपालिकाबाट विनियोजन हुने बजेट समानुपातिक नभएको,जनप्रतिनिधिहरुले मनोमानी ढङ्गले बजेट विनियोजन गरेको, गाउँपालिकाको क्षमताले धान्नै नसक्ने गरी राजनीतिक स्वार्थका आधारमा करारमा कर्मचारी भर्ना गरेको,जनप्रतिनिधिले आफ्ना नातेदारहरुलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमिताता गरेको लगायतका विषयहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    यसैगरी वडाले उपभोक्ता सहितिलाई दिने सिफारिस दिँदा राजनीतिक आस्थाका आधारमा भेदभावपूर्ण व्यवहरा गरिएको, गाउँपालिकाबाट सेवा लिँदा फरक राजनीतिक विचार राख्ने नागरिकहरुलाई दुःख दिने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं