
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
काठमाडौँ, :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक कार्यदिशामा आधारित गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ पुस्तक बजारमा आएको छ । इण्डिको इङ्क प्रकाशनले प्रकाशन गरेको पुस्तकमा जनताको जनवादका मुख्य आधार प्रस्तुत गरिएको छ ।
पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि नेकपाले राष्ट्रका नाममा गरेको अपिल र पुष्पलालको लेख ‘मूलबाटो’का मूल अंश समावेश छन् । यसलाई नेकपाको एकीकृत अवस्थाको खण्डका रुपमा पुस्तकमा राखिएको छ ।
पुस्तकको दोस्रो खण्डमा तत्कालीन नेकपा (एमाले) का ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएका छन् । दोस्रो खण्डमा मुख्यतः जननेता मदन भण्डारीद्वारा प्रस्तुत एवं पारित ‘जनताको बहुदलीय जनवाद’सम्बन्धी दस्तावेजका मूल अंश समावेश छन् । पुस्तकमा २०४९ सालमा पारित जनताको बहुदलीय जनवादलाई प्रारम्भमा पार्टीको राजनीतिक कार्यक्रमका रुपमा स्वीकार गरिएको र तत्कालीन एमालेको छैटौँ महाधिवेशनले त्यसलाई राजनीतिक कार्यदिशाका रुपमा ग्रहण गरेको कुरालाई मुख्यरुपमा प्रस्तुत गरिएको छ ।
यसका साथै पुस्तकको दोस्रो खण्डमा जनताको बहुदलीय जनवादबारे तत्कालीन नेकपा (एमाले) ले सातौँ, आठौँ र नवौँ महाधिवेशनमा गरेको संस्लेषण र समीक्षालाई पनि प्रस्तुत गरिएको छ । पुस्तकको उक्त खण्डले तत्कालीन नेकपा (एमाले) को विचारधारात्मक विकासको शृङ्खला बुझ्न सजिलो हुनेछ ।
पुस्तकको तेस्रो खण्डमा तत्कालीन माओवादीका ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएको छ । पुस्तकमा माओवादबारे, नेपाली क्रान्तिका मित्र शक्ति, शत्रु र निशानाबारे माओवादीको निर्णय, माओवादीद्वारा प्रस्तुत ४० सूत्रीय मागपत्र, दोस्रो राष्ट्रिय सम्मेलनको प्रचण्डपथसम्बन्धी निर्णय, एक्काइसौँ शताब्दीमा जनवादको विकाससम्बन्धी दस्तावेज लगायतका सामग्री समावेश गरिएका छन् ।
चुनवाङ बैठकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निर्णय, विस्तृत शान्ति सम्झौता, कामीडाँडा बैठकको पाँच कार्यनीतिसम्बन्धी निर्णय, खरिपाटी भेलाको नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने निर्णय, सातौँ महाधिवेशनको समाजवादी क्रान्तिको रणनीतिमा जाने निर्णय तेस्रो खण्डमै राखिएको छ । पुस्तकको तेस्रो खण्डले तत्कालीन माओवादीको विचारधारात्मक विचार र जनताको जनवादसम्म आइपुग्ने सैद्धान्तिक आधार प्रस्तुत गरेको छ ।
पुस्तकको चौथो खण्डमा एमाले र माओवादीबीच चुनावी गठबन्धनदेखि पार्टी एकता र त्यसपछि भएका मूलभूत निर्णय समावेश गरिएका छन् । यसै खण्डमा नेकपाको राजनीतिक प्रतिवेदनको सारसंक्षेप पनि समावेश गरिएको छ, त्यसले नेकपाले पछिल्लो समय लिएका वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक निर्णयलाई बुझ्न मद्दत मिल्नेछ ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया