SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    ११३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले नेत्रवीक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन । उनले सो धारणा धर्मसभा राष्ट्रिय मञ्च र नेपाल पत्रकार तथा लेखक समाजकोे आयोजनामा ‘देशको वर्तमान परिस्थी र भबिष्य’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जानेसमेत चिन्ता ब्यक्त गरे ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    महासचिब मैनालीले नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधिसमेत गर्न पाउने अधिकारबाट च्युत गरेर उसलाई बिद्रोको बाटो अबलम्बन गर्न प्रेरित गर्नु गलत भएको धारणा राखे । उनले संविधान, कानूनलाई नाघेर गरिएको सरकारी प्रतिबन्ध अनुचित भएको आरोप लगाउँदै भने,“यति धेरै कानून र सुरक्षा हुँदा हुँदै पनि प्रतिबन्धले विप्लवसँग सरकारले द्वन्द निम्त्यायो जुन देश, जनताले थेग्न सक्दैन र कसैले पनि रुचाएको छैन ।”

    महासचिब मैनालीले अहिलेसम्म विप्लवले विदेशी शक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरे पनि भविष्यमा उसले त्यसलाई तोड्न सक्ने खतरासमेत जाहेर गर्दै भने,“मलाई डर लाग्दै छ, नेपालको विगतको इतिहास शाक्षि छ,विप्लवले मर्ता क्या कर्ता नहीँ भने जस्तै आफूलाई जोगाउन विदेशीको सहयोग लिएर थप संकट ननिम्त्याउलान भन्ने के ग्यारेन्टी । त्यसैले विप्लवले बिद्रोहको बाटो त्याग्ने र सरकारले अनुद्दार नीति त्यागेर राष्ट्रिय एकता कायम गर्नु पर्छ ।”

    महासचिव मैनालीले २००७ साल पछि लगातार देश कमजोर बन्दै गएको परिवेशलाई स्मरण गराउँदै, ती प्रत्येक अस्थिरतामा विदेशी शक्तिहरुको हात रहँदै आएको र त्यसमा स्वदेशी देशभक्त भिनिने शक्तिहरुले आफ्नो नीजी स्वर्थ अनुकुल सहमति दिएको आरोप लगाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं