
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
वीरेन्द्रनगर । ‘तपाईंहरूलाई लाज लाग्दैन? झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ? सडकको अवस्था हेरे हुन्छ, कन्तबिजोग छ । विकासमा ध्यान छैन, बजेटजति सबै फ्रिज, कुरा मात्रै ठूला ।’ यो कुनै सर्वसाधारण नागरिकको गुनासो होइन । नेकपा कर्णाली प्रदेश कमिटी इन्चार्ज जनार्दन शर्माले सात महिनाअघि ठूलो आवाजमा पोखेको आक्रोश हो । कर्णाली प्रदेश सरकारले विकास निर्माण र भावी बजेटका विषयमा छलफल गर्न गत जेठ पहिलो साता संघीय सांसद, प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्यहरूलाई वीरेन्द्रनगर सुर्खेतमा जमघट गरायो ।
छलफल चलिरहेका बेला इन्चार्ज शर्मा हलभित्र छिरे । उनले बोल्न समय मागे । समय पाउनासाथ उनले प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्रीको शिर निहुरिनेगरी आलोचना गरे ।उनले लगातार प्रहार गरिरहे– ‘प्रदेश राजधानी सुर्खेतका सडकहरू देख्नुभएको छैन ? कुन हालतमा छन् ? विकासका ठूला–ठूला योजना बनाउने तर कार्यान्वयन गर्न नसक्ने ? कामगर्न नसक्ने हो भने सामूहिक राजीनामा दिनुहोस् ।’
करिब २५ मिनेटसम्म उनले लगातार मुख्यमन्त्री र मन्त्रीलाई झपारिरहे । सांसद र पार्टीका केन्द्रीय सदस्यले चुपचाप सुनिरहे । एक जना सांसदले मात्र ताली बजाए, अन्यले एकअर्काको मुहार हेरे तर प्रतिक्रिया जनाएनन् । शर्माले लगातार हप्काउने शैलीमा आक्रोश पोखेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अर्थमन्त्री प्रकाश ज्वाला र अन्य मन्त्रीपनि मौन बसे । आफू बोलेपछि शर्मा अरूको कुरा नै नसुनी हलबाट बाहिरिए ।त्यसलगत्तै अर्का एक सांसदले बोल्न हात उठाएका थिए । मुख्यमन्त्री शाहीले भनिहाले, ‘तपार्इं पनि गाली त गर्ने होलानि ?गर्नुहोस् ।’
कर्णाली प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममा आकर्षक र महत्वाकांक्षी योजना ल्याएको थियो । प्रदेश ५ बर्दियाको भुरीगाउँबाट सुर्खेतको वीरेन्द्रनगरसम्म सुरुङमार्ग खोल्ने, कोहलपुर–हिल्सा सडक निर्माण गर्ने, भेरी र कर्णालीकरिडोर निर्माण गर्ने, अग्र्यानिक खेतीजस्ता महत्वपूर्ण योजना थिए । तर,प्रदेश सरकारको आधा कार्यकाल सकिँदा एउटा पनि योजनाले गन्तव्य पहिल्याउन सकेको छैन ।
नीति र योजना ल्याएपनि कार्यान्वयन गर्न नसक्नु मुख्य समस्या देखिएको छ । सरकारले ल्याएका योजना कार्यान्वयमा न सत्तारुढ दलका नेता, सांसदले चासो दिएका छन् नत मन्त्रीहरू नै यस विषयमा जवाफदेही बनेका छन् ।सरकार र सांसद मात्र होइन, कर्णाली प्रदेश योजना आयोगपनि यस विषयमा बोल्न चाहँदैन । ‘हामीले सरकार र लाइन मिनिस्ट्रीहरूलाई सुझाव दिएका छौं, तपाईंले त्यहीं सोध्नुहोस्’,आयोग सदस्य दीपेन्द्र रोकायले भने ।
बायाँतर्फका को थिए ‘त्यो भाइ’ ?
प्रदेश इन्चार्ज शर्माले झाँको झारेपछि साँझ कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा दिउँसो भएको छलफलको विषय पनि एजेन्डा थियो । त्यही क्रममा तत्कालीन मन्त्री खड्ग खत्रीले दिउँसो भएको कुरा सम्झिँदै भने, ‘बायाँतिर बसेको त्यो भाइले भनेको कुरा राम्रो र सत्य थियो । उनले दिएका सुझाव राम्रा थिए ।’
खत्रीको कुरा सुनेपछि मुख्यमन्त्री र मन्त्रीहरू अलमलमा परे । दायाँतिरको त्यो भाइको हो ? पछि बल्ल कुरा खुल्यो । त्यो भाइथिए– नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजाल । आफ्नै पार्टीका केन्द्रीय सदस्यसम्म चिन्न नसक्ने व्यक्ति कर्णाली प्रदेश सरकारका मन्त्री थिए । एस काठमाण्डौंबाट लिइएको ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया