SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२९ गते
    १०७० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । ठूलाचौर पोखरा विकास समाजको तेश्रो वार्षिक साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाडामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले गाउँको विकासका लागि सबैजनाको एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विकासका आयोजनामा राजनिति भन्दा माथि उठेर योजनाबाट कसरी बढी समुदायलाई फाइदा हुन्छ भन्ने कुराको विश्लेषण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उहाँले ठुलाचौरको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँमा सडक, पानी र स्वास्थ्यको सेवालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको बताउनुभयो ।कार्यक्रममा अन्नपुर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अधिकारी, डा. गिरिधारी दाहाल, प्राध्यापक कपिलमणी दाहाल, गणेश प्रसाद दाहाल, ऋषिराम दाहाल लगायले कर्मथलो पोखरा भएपनि आफ्नो जन्मभुमि ठूलाचौरको विकासका लागि एकजुटहुने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा गाउँको विकास र ठुलाचौर पोखरा विकास समाजलाई सहयोग गर्ने समाजका सदस्यहरु, सुर्य दाहाल, नारायण प्रसाद अधिकारी र राज दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष महेन्द्रराज दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, र सचिव मनोहरराज दाहालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सचिव जिवन दाहाल र कलाकार राजाराम दाहालले कार्यक्रममा सांगितिक प्रस्तुती राख्नुभएको थियो । समाजका अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष नारायण अधिकारी र सचिव मनोहर दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं