SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    १०७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएको २० महिना बितिसकेको छ । दुवै दल मिलेर बनेको नेकपामा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष छन् । प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ । तर, पार्टीको कार्यकारी अधिकार प्राप्त गरेपछि सभामुख चयनको मामिलामा प्रचण्ड साविक माओवादी कित्ताको मात्र अध्यक्षको भूमिकामा देखिएको भन्दै नेकपामा असन्तुष्टि देखिन थालेको छ ।

    सभामुख चयनको विषय पे’चि’लो बन्दै जाँदा प्रधानमन्त्री ओली र प्रचण्डबीच सम्बन्धमै ति’क्तता बढेको छ । सोही कारण पछिल्लो समय नेकपा केन्द्रीय सचिवालयको बैठकसमेत औपचारिकतामै सीमित बन्न थालेको छ । सचिवालयको निर्णयलाई उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले चुनौती दिएपछि ओली र प्रचण्डबीच एकअर्कामा अविश्वासको अवस्था सिर्जना भएको नेकपाका नेताहरूले बताउन थालेका छन् ।

    अझ वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठबीच भएको बैठकलाई लिएर ओली निकै झस्केको बुझिएको छ । भैंसेपाटी बैठक आफूलाई एक्ल्याउने रणनीतिअन्तर्गत भएको बुझाई प्रधानमन्त्री ओलीको छ ।

    भैंसेपाटी बैठकले वामदेव गौतमलाई पार्टीमा भूमिका दिने, राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको विषयमा नेताहरूबीच सहमति भएपछि ओली आक्रोशित भएको स्रोतले बतायो । जसले गर्दा अहिले ओलीले प्रचण्डप्रति निकै अविश्वास गर्न थालेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सभामुखमा सुवासचन्द्र नेम्वाङको नाम सिफारिस नभएसम्म उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा नदिन प्रधानमन्त्री ओलीले नै दबाब दिइरहेको प्रचण्ड पक्षीय नेताहरूले अनुमान गर्न थालेका छन् । सोही कारण पूर्वमाओवादी पक्षीय नेताहरूले अन्तिमसम्म नगल्न प्रचण्डलाई दबाब दिइरहेका छन् ।

    यदि सभामुख पूर्वएमालेको पोल्टामा गए आफूहरूको हैसियत मालेसँग एकीकरण हुँदा माक्र्सवादी नेताहरूको जस्तै हुने निचोडमा पूर्वमाओवादी नेताहरू पुगेका छन् । सभामुखमा पूर्वएमालेले दाबी नछाडे प्रधानमन्त्री फेर्नुपर्ने प्रस्ताव अघि सार्न प्रचण्डमाथि दबाब बढेको छ ।याे विषयमा पूर्वमाओवादी हरिबाेल गजुरेलले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं