SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    १११४ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका १ नम्बर वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

    शनिबार आयोजित पार्टीको पहिलो पूर्ण वैठकमा वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई गाउँपालिका कमिटीका अध्यक्ष दीपक आचार्यले सपथ ग्रहण गराउनुभएको हो । साविक एमाले र माओवादी केन्द्र विच पार्टी एकता भएपछि बाँसखर्कमा याम गबुर्जाको नेतृत्वमा २७ सदस्यी वडा कमिटी गठन भएको थियो ।

    सपथ ग्रहण कार्यक्रममा बोल्दै गाउँपालिका कमिटीका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य आचार्यले बाँसखर्कमा नेकपाको बलियो संगठन निर्माण भएको बताउनुभयो ।

    पार्टीलाई जनताको सेवासँग जोडदै संगठन विस्तारमा लाग्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विधि र नियमलाई सवै कार्यकर्ताहरुले पूर्णरुपमा आत्मसाथ गर्नुपर्ने उहाँले जोड दिनुभयो । बाँसखर्कमा सडक,शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि वडा कमिटिले बनाएको योजनालाई प्रदेश र केन्द्र समक्ष पु¥याउन जिल्ला कमिटिले आवश्यक पहल गर्ने उहाँको भनाई थियो ।

    नेकपाको सरकार भएपछि जलजलाको विकास निर्माणलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण भएको आचार्यले कार्यकर्ताहरुलाई सुनाउनुभयो । पार्टी निर्माणको अभियान सुरु भएको बताउँदै उहाँले सवै एकतावद्ध भएर अभियानमा सहभागी हुन कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

    वैठकमा जिल्ला कमिटीका सदस्य तथा बाँसखर्कका इन्चार्ज लोकनाथ रेग्मीले एकताबाद्ध भएर पार्टी निर्माण र विकासको अभियानमा जुटन आग्रह गर्नुभयो । अर्का जिल्ला कमिटि सदस्य शिव आचार्यले नेकपाका नेता तथा कार्यक्रर्ताहरुले अगुवाई गरेका विकास निर्माणका योजनाहरु पारदर्शी र नमुना हुनुपर्ने बताउनुभयो ।

    नेकपाका नेता तथा कार्यक्रताहरु जनता समक्ष उदाहरणीय भएर प्रस्तुत हुनुपर्ने आचार्यको भनाई थियो । कार्यक्रममा ४ नम्बर वडा कमिटीका अध्यक्ष टेकबहादुर जिसी,पूर्व गाविस अध्यक्ष द बहादुर फगामी,अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सदस्य मेखबहादुर खत्री, व्यवसायी बुद्धी पुर्जाले नव गठीत वडाकमिटीका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

    वडा कमिटि अध्यक्ष याम गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका कमिटि सदस्य तथा बाँसखर्कका वडा अध्यक्ष तुलसी रेग्मीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं