
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले सूचना प्रविधि विद्येयक नियन्त्रणकारी भएकोले यसलाई सच्याउनुपर्ने माग गरेका छन् । उनले नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता राख्नको लागि आफूहरुले धेरै लामो लडाई लडेको पनि स्मरण गराए । उनले नेपालको २०४७ को संविधानले जस्तो प्रेस स्वतन्त्रताको बारेमा संसारको कुनैपनि देशको संविधानमा नराखिएको पनि जिकिर गरे ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता पन्तले संविधानको आधारमा देशका कानूनहरु बन्ने दृष्टान्त पेश गर्दै संविधानसँग बाझिनेगरि कानून बनाउन नहुने धारणा राखे । उनले भने,‘विश्वमा कुनैपनि देशमा संविधानलाई नै आघात पुग्ने कानून बनाईँदैन् । सूचना प्रविधि विद्येयक समितिबाट पारित गर्नुभन्दा पहिले धेरै छलफल हुनुपर्ने थियो । त्यो भएन् । त्यसमा समितिका सभापतिको ध्यान अलिक पुगेन ।’ तर, उनले यो अहिले बिग्रिसक्यो र के–के नै भैसक्यो भन्ने नभएको जिकिर गरे ।
उनले उक्त विद्येयकको प्रस्तावनामा राम्रा कुरा राखिएपनि केही प्रावधानहरु नियन्त्रणकारी भएकोमा आपत्ति जनाए । उनले भने,‘विद्येयकमा नियन्त्रणकारी धारा राख्न मिल्दैन् । यो विद्येयक संसदको विकास र प्रविधि समितिबाट हतारमा पारित भयो । यो समितिमा व्यापक छलफल हुनुपर्दथ्यो । संसदीय समितिका सदस्यहरुलाई कुनैपनि विषयमा छलफल गर्न ह्विप लाग्दैन् । खुल्मखुल्ला आफ्नो कुरा राख्न सकिन्छ । विद्येयक समितिबाट पारित गर्नुभन्दा अघि जसरी छलफल हुनुपर्ने थियो, त्यस्तो भएन् ।’
पन्तले उक्त विद्येयक आवश्यक रहेको बताउँदै विद्येयकमा रहेका दफा ८३, ८८, ९२ र ९६ मा विवादित विषयहरु राखिएकोमा भने आफ्नो आपत्ति जनाए । उनले भने,‘सरकारले बनाउने सबै कानूनहरु एकरुपता हुनुपर्छ । यो विद्येयकमा त्यसबारेमा ध्यान दिईएन् । पत्रिका र फेसबुकमा एउटै कुरा लेख्दा एउटै विषयमा सजाय भने फरक फरक राखिएको छ । यो विद्येयक मस्यौदा गर्दा ध्यान दिनुपर्ने थियो । त्यो दिईएन् ।’ उनले विद्येयकको दण्ड, सजायको प्रावधान फौजदारी आचारसंहितासँग बाझिएको पनि सुनाए । उनले थपे,‘बलात्कार गर्न खोज्नेलाई भन्दापनि फेसबुकमा जिस्काउनेलाई सजाय बढि गर्न खोजेकोजस्तो देखिन्छ ।’
उनले अहिलेपनि ढिलाई नभएको जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री, मन्त्री र सांसदलाई सबैलाई सबै कुरा कहाँ थाहा हुन्छ ? सांसदहरुले यस्तो विषयमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्दथ्यो । त्यसो गरिएन् ।’ उनले कानून बनाउँदा नागरिकको अधिकारलाई कुनैपनि हालतमा कुण्ठित गर्न नहुने धारणा राखे । उनले भने,‘नागरिकको अधिकार र स्वतन्त्रतालाई कुण्ठित गर्ने कानून बनाउनुहुँदैन् । यो कुरामा ध्यान दिनुपर्छ ।’ सूचना प्रविधि विद्येयकमा उल्लेख गरिएको दण्ड, सजायका प्रावधानहरु आपत्तिजनक रहेको बताउँदै उनले अहिलेपनि केही नबिग्रिएकोले जसरीपनि संसदले पारित गर्ने हतार गर्न नहुने सुझाव दिए ।
उनले भने,‘मलाई लाग्छ यो विद्येयक अहिले संसदमा विचाराधिन छ । यसलाई फुल हाउसले समितिमा फर्काईदिन सक्छ । सांसदहरुले आफ्नो विवेक प्रयोग गर्नुपर्छ । यतिमात्रै होईन, अर्को विकल्पपनि हुनसक्छ । संसद सञ्चालन नियामावली छ, त्यो अनुसार विवादस्पद प्रावधानहरु हटाउनसकिन्छ ।’
उनले उक्त विद्येयक जस्ताको तस्तै हुबहु पारित गर्न नहुने धारणा राखे । उनले भने,‘यदि यो विद्येयक जस्ताको तस्तै पारित भयो भने यसले मान्छेलाई आफ्नो कुरा लेख्नको लागि लेख्नुभन्दा अघि सेल्फ सेन्सर गर्नसक्छ । यो राम्रो कुरा होईन् ।’ उनले नेपालमा कानून बनाउँदा हतार गर्ने गरिएको पनि टिप्पणी गरे । उनले भने,‘हामीलाई कानून चाहिएको छ । तर, पारित गर्न हतार गर्छौं । अनि तुरुन्तै संशोधन गर्नुपर्ने अवस्था हुन्छ ।’
सांसदहरुले समितिको बैठकमा भाग लिनुभन्दा अघि होमवर्क नगर्ने गरेको पनि गुनासो पोखे । उनले भने,‘सांसदहरुसँग होमवर्क गर्ने बानी छैन् ।’ सूचना प्रविधि विद्येयकको सवालमा पनि सांसदहरुले राम्रो वर्कआउट नगरेको उनको गुनासो छ । उनले भने,‘कानून र विद्येयकमा कमा, फूलस्टेपले पनि पनि अनर्थ लगाउँछ ।’ उनले अहिलेपनि केही ढिलाई नभएको जिकिर गरे । उनले अघि थपे,‘सांसदहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ । आफ्नो अमुक विवेक प्रयोग गर्नुपर्छ । यो विद्येयकलाई संशोधन गर्नुपर्छ ।’
उनले विद्येयकको विषयमा पत्रकार महासंघ के हेरेर बसेको छ ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘यसमा सबैभन्दा चनाखो त पत्रकार महासंघ हुनुपर्ने हो । के महासंघ बेफुशर्दी भएको हो ?’ उनले संसदमा बहुमत छ भन्दैमा जेपनि गर्न नपाईने पनि जिकिर गरे । उनले भने,‘लोकतान्त्रिक व्यवस्थामा बहुमतभन्दो ठूलो कुरा त लोकमत हो ।’ तपाईहरु पार्टीमा अल्पमतमा हुनुहुन्छ ? तपाईहरुले विरोध गर्दैमा के हुन्छ र ? भनेर एक पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अल्पमतमा हुँदैमा बोल्न छोड्नुहुन्न । यसले केही फरक पर्दैन् । अलोकतान्त्रिक कानून पारित गर्नुहुँदैन् । बहुमत छ भन्दैमा जे मन लाग्यो त्यही गर्नुहुँदैन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया