
१राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
२अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
३ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
४हिमपातले अलपत्र यात्रुको उद्धार
५नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
६आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
७पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
८कहिले सुधार होला मौसम ?
९प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
१०सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
११पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१२गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
६रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
११गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
काठमाडौं । सभामुख चयनका लागि बाटो खुल्ला गर्न उमसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्डसँग भेटवार्ता गरी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी हुन् ।
तुम्बाहाङ्फेले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर दुई अध्यक्षसँग ३० मिनेटको छलफल गरेकी थिइन् हाल उप-सभामुख रहेकी तुम्बाहाङ्फेले दुई अध्यक्षसँग आफुलाई सभामुख बनाउन माग गरेकी छन् ।उपभामुखको पद छाडेमा मन्त्री बनाउने आश्वासन दुई अध्यक्षले उपसभामुख तुम्बहाङ्फेलाई यस अघिनै दिसकेका छन् ।
गत असोज १२ गते संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौ’न दुराचारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएसँगै सभामुखको पद रिक्त छ ।नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषय अझै पनि विवाद कायम छ । सभामुखका लागि ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सारेपछि विवाद बढ्दै जादा प्रतिनिधिसभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ ।
एकै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने संबैधानिक व्यवस्थाका कारण र नेकपाले सभामुख आफु राखेर उपसभामुख अन्य दललाई दिने तयारीका कारण प्रतिनिधिसभा अहिले सभामुख बिहिन बनेको छ।
उपसभामुख तुम्बहाङ्फेले राजीनामा नदिए सम्म नेकपाबाट सभामुखको उम्मेदवार दिन नपाउने संवैधानिक व्यवस्था छ । जसको कारण उपसभामुख तुम्बहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभा सदस्यमध्ये जेष्ठ सदस्यले प्रतिनिधिसभाको बैठक राखी सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्छ ।सभामुख र उपसभामुख दुई फरक दलको फरकफरक लिङ्ग भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया