SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ८३९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो समय भैसक्दासम्म सभामुख कस्लाई बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । यस विषयमा नेकपाको सचिवालय बैठक पटकपटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको छ । आज पनि बैठक चलिरहेको जानकारी दिइएको छ । बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने जानकारी दिइएको छ ।

    यस विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर कुनै निष्कर्ष निस्किएन । राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्छ । बिहीबारको बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा छलफल नभएकाले आजको बैठकमा चर्चा हुने भनिएको छ ।

    नेकपाबाट तत्कालीन सभामुख कृष्णबहादुर महरा यौ’न दुर्व्यवहारको आरोपमा पक्राउ परेपछि सभामुख पद खाली छ । सभामुख छनोट गर्न नसक्दा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित भएको छ । अहिले चर्चामा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटा रहेका छन् । जानकारी अनुसार महरा पुर्व माओवादी भएको हुँदा यो पटक पनि पुर्व माओवादी हुनसक्ने सम्भावना धेरै छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं