News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    के कारण भने डा. बाबुराम भट्टराईले नेपालमा विक्रम सम्वत् खारेज गरौं, ईश्वी सम्वत् लागू गरौं

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा ईस्वी संवतलाई नै आधिकारिक संवत् मान्नुपर्ने सुझाव दिएका छन्।

    बुधबार बिहान ट्विट गर्दै भट्टराईले नेपालमा ईस्वी संवत् लागु नगरे समृद्धि र विदेशी लगानीका कुरा व्यर्थ हुने दाबी गरेका छन्। नेपालमै जन्मेको नेपाल संवत् र भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम संवत् लाई नेपालमा सांस्कृतिक क्यालेण्डर मात्रै मान्नु पर्ने धारणा राखेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है !

    लाेक कल्याणकारी

    प्रतिक्रिया