
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा राखिरहनु पार्टी र देशकै लागि ठूलो घाटा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.कोइरालाले पार्टी सभापतिका रुपमा सम्मान गर्दागर्दै पनि देउवा नेपाली कांग्रेस पार्टीको सभापति हुन नसकेको आरोप लगाए । ‘उहाँ गुटको मात्र सभापति भएको र यस्तो सभापति नेपाली कांग्रेसका लागि आवस्यक छैन’, डा.कोइरालाले भनेका छन् । महामन्त्री डा.कोइरालाले अब देउवासंँग कुनैपनि विषयमा एकता गर्न नसकिने र महाधिवेशनकै माध्यमबाट देउवालाई हटाएर कांग्रेसमा एकता ल्याउने बताए । डा.कोइरालाले गाउँगाउँमा रहेको नेपाली कांग्रेसका कार्यकर्तालाई पार्टी एकताको अभियानमा लाग्न आग्रह गरेका छन् । उनले देउवा हराउ अभियानका रुपमा देशभरि कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।‘अब हामी गाउँगाउँमा जान्छौँ र सबै साथीभाईहरूसंग सल्लाह गर्छौ । गाउँगाउँमा एकताको संगठन बनाउँछौँ’, डा.कोइरालाले भनेका छन्, ‘पार्टीलाई एक बनाएर अगाडि लैजान कसरी अगाडि जाने भन्ने कुरामा छलफल गर्छौ ।’
‘सबै साथीहरूको सल्लाहअनुसार सामूहिक निर्णय गरेर त्यही अनुसार अगाडि बढ्छौँ । सभापतिले अति गर्नु भो’, उनले भनेका छन्, ‘अब हामी देखाउछौँ कि बहुमत कोसंँग रहेछ भन्ने कुरा । केन्द्रीय समितिमा मात्रै बहमत भएर पार्टी चल्छ कि चल्दैन त्यो अनुभव अब सभापतिलाई हामी गराउने छौँ ।’महामन्त्री डा.कोइरालाले नेपाली कांग्रेस एक नभएसम्म देशको राजनीतिमा समेत सकारात्मक प्रभाव नपर्ने बताए । उनले पार्टीका कार्यकर्ताले नेपाली कांग्रेस एकभएको हेर्न चाहेपनि सभापति देउवाले एकता हुन नदिएको आरोप लगाए । अबको कांग्रेस देउवा नेतृत्वमा कुनैपनि हालतमा जान नदिने डा.कोइरालाले बताएका छन् । उनले आगामी महाधिवेशनपछि पार्टी एकढिक्का हुने बताए ।
सामूहिक निर्णयविना पार्टी एक भएको महशुस नहुने उनले बताएका छन् । ‘अब शेरबहादुरजीले पार्टी चलाउन सक्नुहुन्न । यो महाधिवेशनमा पार्टी सभापति परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ’, उनले भने, ‘अब देउवाको नेतृत्वमा कुनैपनि हालतमा पार्टी एक हुँदैन । यसका लागि हामी अब पार्टी एक बनाउने अभियानमा लाग्ने छौँ ।’नेपाली कांग्रेसमा अहिले पनि पार्टी सभापति देउवाको पकड बलियो छ भन्ने प्रश्नमा डा. कोेइरालाले भने, ‘देउवाजी केन्द्रीय समितिमा बलियो हुनुहुन्छ । त्यसले उहाँले अहिलेसम्म आफ्नो गुटलाई बबलियो बनाएर पार्टी कब्जा गर्ने रणनीति प्रयोग गरिरहनु भएको छ ।’ ‘नेपाली कांग्रेस भनेको केन्द्रीय समिति मात्रै होइन’, महामन्त्री डा.कोइरालाले भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय समितिभन्दा बाहिर पनि छ । बाहिर भएको नेपाली कांग्रेस देउवासंग छैन ।’
‘पार्टी सभापति कति बलियो छ भन्नेकुरा महाधिवेशनले देखाउनेभन्दै सभापति जित्नका लागि महाधिवेशन प्रतिनिधिहरूको मत आवस्यक हो त्यो हामी प्रमाणित गरेर महाधिवेशनमा देखाउछौँ’, उनले भने, ‘कांग्रेसलाई बलियो बनाउनेतर्फ सभापति कहिल्यै लाग्नुभएन ।’ आफूले पार्टीलाई मिलाएर लाने कुरामा धेरै पटक देउवासँग सम्झौता गरेर चुपबसेको उनले बताए ।
डा. कोइरालाले भने, ‘उहाँले कार्यकर्ता तहबाट अबको कांग्रेसको खाका आउनुपर्छ । कांग्रेसभित्रको युवा समुदायले पनि गम्भीर भएर सोच्नुपर्ने समय आएको छ ।’ ‘पार्टी एक भएन भने कांग्रेस बलियो हुँदैन । कांग्रेस बलियो नभइकन देश पनि बलियो हुँदैन’, उनले भनेका छन्, ‘शेरबहादुरजी सभापतिमा असफल हुनु भएको छ । अब उहाँबाट देश र पार्टीलाई भलो हुने अवस्था छैन ।’
‘देश र पार्टीको भलो हुने देखिएन । देउवाजीलाई कांग्रेसले सिंगो सभापति मान्न सक्दैन’, डा.कोइरालाले बताएका छन् । डा. कोइरालाले १४ औँ महाविधेशनमा देउवाविरुद्ध एकजनाको मात्र अर्को उमेदवारी लिएर आफूहरू महाधिवेशनमा गएर देउवालाई फालेरै छाड्ने दावी गरेका छन् । अबको सभापतिको उम्मेदवार तपाई हो भन्ने प्रश्नमा उनले भने, ‘म पनि हुन सक्छु । साथीहरूसँग सल्लाह गर्छौं ।’‘पार्टीलाई गुटको भूमरिमा नपारौँ । मिलाएर लैजाउभन्दा सभापतिले जहिले पनि मलाई सहयोग गर्नुपर्यो भन्ने । पार्टी कब्जा मात्रै गर्न खोज्नुभयो’, उनले भने, ‘पटक सम्झाउँदा पनि आफ्ना मात्र कुरा बहुमतमा लगेर थन्क्याउने गर्नुभयो ।’
महामन्त्री डा.कोइरालाले १४औँ महाधिवेशनको मिति तोक्दा कसैसँग परामर्श नगरी सभापति देउवाले गम्भीर गल्ती गरेको आरोप लगाएका छन् । ‘उहाँले मिति तोक्नुभन्दा पहिले हामीसँग परामर्श नगरी देउवाले एकलौटी रुपमा निर्णय गराउनुभएको छ’, डा.कोइरालाले भने, ‘सहमतिका लागि सल्लाह गरेको भए हामीहरू त्यही मितिमा सहमति हुन सक्ने थियौँ । यसले पार्टी पनि एक भएको सन्देश जाने थियो ।’सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई निवासमा गएर सहमतिका लागि प्रयास गर्नुभयो, दुई हप्तासम्म वार्ता टोली नै बनाएर सहमति खोज्नुभयो, तपाईहरूले असहयोग गरेको होइन र रु भनिएको प्रश्नको जिज्ञासामा महामन्त्री डा.कोइरालाले भने, ‘वार्ता भएको हो । कुरा भएको हो । सहमतिको नजिक पुग्न लाग्दा उहाँले निर्णय गराउनुभयो ।’ डा. कोइरालाले अहिले पार्टीभित्र एकता गर्नुपर्ने ठाउँमा एकलौटी गर्दा गलत म्यासेज गएको बताए ।‘वार्ता भइरहेको समयमा एक्कसि निर्णय गर्नु आपत्तिजनक मात्र नभएर निन्दनीय कार्य भएको छ’, उनले भनेका छन्, ‘सभापति देउवाले कार्यतालिका दिएको प्रति विमति छैन । उहाँले एकलौटी ढंगले पार्टी चलाउन खोज्नुले सभापतिमाथि शंका उव्जिएकाले अझै पनि सभापति देउवालाई गलत निर्णय सच्चाउने एक अवसर छ ।’
महामन्त्री डा. कोइरालाले सभापति देउवाले निर्णय नसच्चाएको खण्डमा अब देशभरिको अभियान चालउने बताए । उनले २८ वाट विभागहरूलाई ४७ वटा विभाग बनाउनु गल्ती भएको बताए । ‘देउवाजीले पार्टीलाई आफ्नो पक्षका मान्छे लगेर थन्क्याउने र हाम्रा मान्छे चोर्ने रणनीतिका लागि विभागको संख्या बढाउनुभएको छ’, उनले भने, ‘नेविसंघ र तरुण दलमा पनि त्यही रणनीति देउवाजीले अपनाउनु भएको छ ।’ कोइराला परिवारबाट नेपाली कांग्रेसको नेतृत्व गुम्न थालेपछि आत्तिएका महामन्त्री डा.कोइरालाले सभापति देउवाविरुद्ध तल्लोस्तरमै उत्रिएर अभिव्यक्ति दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको काँधमा बन्दुक राखेर कोइराला परिवारले आफ्नो उदेश्य पूर्तिमा लागेको यो अभिव्यक्तिले देखाएको चर्चा हुन थालेको छ ।
कांग्रेसको विरोधको केही चलेन, कम्युनिस्टले पेलेरै पारित गरे विधेयक/ संसदको विकास तथा प्रविधि समितिले विवादास्पद सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध हुँदाहुँदै विधेयक बहुमतबाट पारित गरेको छ । समितिले बहुमतबाट पारित गरेको विधेयकलाई अब संसदमा पेश गरिनेछ । संसदबाट पारित भएर राष्ट्रिपतिबाट लालमोहर लागेपछि कानून बन्नेछ ।समिति सभापति कल्याणी खड्काले विधेयक नियमावलीअनुसार पारित भएको बताएकी छिन् । खड्काले विधिसम्मत रुपमा विधेयक पारित भएको हुँदा अन्य अर्थ नलगाउन नेपाली कांग्रेसका सांसदहरूलाई आग्रह गरेकी छिन् । ‘सर्वसम्मत भएन भने अल्पमत र बहुमतका हिसाबले पनि कामलाई अगाडि बढाउनुपर्छ भन्ने विधि हामी सबैले स्वीकार गरेका छौँ । विधिका विषयम विमति छैन’, उनले भनिन् ।नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले पारित भएको सूचना प्रविधि विधेयकले नागरिकको स्वतन्त्रतामाथि हनन् गर्ने बताए । उनले नागरिकको मौलिक हक अधिकार कुण्ठित हुने र संविधानको मर्म विपरित हुने भन्दै फरक मत राखेका छन् ।नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले नागरिकको हक अधिकारको रक्षा गर्नेगरी विधेयक ल्याउँदा सबैलाई फाइदा हुने भनेर व्यापक छलफल गरिएपनि बेफाइदा हुनेगरी अगाडि बढ्नुको औचित्य नभएको बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद टोपबहादुर रायमाझीले अनिर्णयको बन्दी बनाउनुभन्दा प्रकृयामा लगेर भएपनि विधेयक पारित गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसले सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधानमा आफ्नो असहमति रहेको जनाएको छ । यो विधेयक संसदबाट पारित भएपछि सामाजिक संजालहरूमा कसैलाई अपमान गर्ने, हतोत्साहित गर्नेजस्ता टिप्पणी गरेमा वा लेखिएमा कारबाही हुनेछ । १५ लाख वा ५ वर्षसम्म जेल बस्नुपर्नेछ ।फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालले नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्था पनि विधेयकमा छ । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले कम्युनिस्ट सरकारले ल्याएको सूचना तथा प्रविधि विधेयकको संसदमा सबैभन्दा धेरै विरोध गर्दै आएका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया