SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१६ गते
    १०५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उहाँले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराउनु भएको थियो ।

    उहाँले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताउनुभयो । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताउनुभयो ।

    नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आफँैले फोहर नफाल्ने भनेर सङ्कल्प ग¥यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिनेछ भन्नुुभयो । उहाँले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचा,े डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराउनुभयो । नेता थापा सोही टोलमा बस्नुहुन्छ ।

    भ्रमण वर्ष ः देवघाट आउने भक्तजनलाई स्वागत
    तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको हो । क्ष समितिका अध्यक्ष शिवराज पौडेलले करीब ६०÷७० भक्तजनलाई स्वागत गरिएको जानकारी दिनुभयो । भ्रमण वर्षका अवसरमा सरकारले पर्यटकलाई स्वागत गर्न निर्देशन गरेबमोजिम देवघाट गाउँपालिका, विभिन्न टोल समूहलगायतको उपस्थितिमा भक्तजनलाई स्वागत गरिएको पौडेलले जानकारी दिनुभयो ।धार्मिक, सांस्कृतिक पर्यटनको केन्द्र बन्दै गइरहेको देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् । देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा ठूलो मेला लाग्छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकोत्रिशुलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूको आस्थाको केन्द्रका रुपमा विकास गर्ने गरी भ्रमण वर्षका अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।

    नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई देवघाटमा भित्र्याउन सके यस क्षेत्रको विशिष्ट महत्वका बारे संसारभर प्रचारप्रसार हुने पौडेलले बताउनुभयो । पर्यटकको स्वागतका लागि देवघाटमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापीठ तथा आश्रमका तर्फबाट साहित्यिक कार्यक्रम, त्रिशूली र कालीगण्डकी नदीमा जलविहारलगायत कार्यक्रम सञ्चालन गरिनेसमितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।देवघाटमा महाशिवरात्रि, माघे सङ्क्रान्ति जस्ता ठूला पर्वमा पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक र भक्तजनको आगमन हुन्छ । अब बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उहाँले बताउनुभयो । त्यसका लागि समितिका पदाधिकारीले गत महिना भारतका विभिन्न भागको भ्रमण गरी देवघाट आउन निमन्त्रणा गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं