
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं,। नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उहाँले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराउनु भएको थियो ।
उहाँले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताउनुभयो । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताउनुभयो ।
नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आफँैले फोहर नफाल्ने भनेर सङ्कल्प ग¥यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिनेछ भन्नुुभयो । उहाँले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचा,े डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराउनुभयो । नेता थापा सोही टोलमा बस्नुहुन्छ ।
भ्रमण वर्ष ः देवघाट आउने भक्तजनलाई स्वागत
तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको हो । क्ष समितिका अध्यक्ष शिवराज पौडेलले करीब ६०÷७० भक्तजनलाई स्वागत गरिएको जानकारी दिनुभयो । भ्रमण वर्षका अवसरमा सरकारले पर्यटकलाई स्वागत गर्न निर्देशन गरेबमोजिम देवघाट गाउँपालिका, विभिन्न टोल समूहलगायतको उपस्थितिमा भक्तजनलाई स्वागत गरिएको पौडेलले जानकारी दिनुभयो ।धार्मिक, सांस्कृतिक पर्यटनको केन्द्र बन्दै गइरहेको देवघाटमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् । देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा ठूलो मेला लाग्छ । मुक्तिनाथको शिरबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकोत्रिशुलीको सङ्गम देवघाटलाई विश्वका हिन्दूको आस्थाको केन्द्रका रुपमा विकास गर्ने गरी भ्रमण वर्षका अवसरमा पर्यटक लक्षित विभिन्न कार्यक्रम गरिने समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतलाई देवघाटमा भित्र्याउन सके यस क्षेत्रको विशिष्ट महत्वका बारे संसारभर प्रचारप्रसार हुने पौडेलले बताउनुभयो । पर्यटकको स्वागतका लागि देवघाटमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, गुरुकुल, विद्यापीठ तथा आश्रमका तर्फबाट साहित्यिक कार्यक्रम, त्रिशूली र कालीगण्डकी नदीमा जलविहारलगायत कार्यक्रम सञ्चालन गरिनेसमितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो ।देवघाटमा महाशिवरात्रि, माघे सङ्क्रान्ति जस्ता ठूला पर्वमा पाँच लाखभन्दा बढी आन्तरिक पर्यटक र भक्तजनको आगमन हुन्छ । अब बाह्य पर्यटकलाई देवघाटमा भित्र्याउने तयारी गरिएको उहाँले बताउनुभयो । त्यसका लागि समितिका पदाधिकारीले गत महिना भारतका विभिन्न भागको भ्रमण गरी देवघाट आउन निमन्त्रणा गरिसकेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया